अझै सकिएन नारा लेकको सडकमा जमेको हिउ पन्छाउने कार्य

फोटो क्याप्सन : नारा लेकमा जमेको हिउ पन्छाउने कार्य गर्दै जेसीवी ।

सि.टा. समाचारदाता
सिमकोट ।     नारा लेकको सडकमा जमेको तीन फिटदेखि चार मिटर अग्लो हिउ पन्छाउने कार्य अझै सकिएको छैन । गत असोज १० र ११ गते र त्यसपछि पनि दुई पटक परेको नाम्खा गाउँपालिका– ५ को नारा लेक क्षेत्रको सडकमा जमेको हिउ पन्छाउने कार्य जारी रहेको हो ।

नारा क्षेत्रको दश किलोमिटर सडकमा हिउ धेरै जमेको र उक्त हिउ पन्छाउने एउटा मात्र जेसिवी भएको कारण हालसम्म उक्त हिउ पन्छाउन ढिलाई भई रहेको हो ।

गत असोज २१ गतेबाट नारा लेकमा जमेको हिउ पन्छाउने कार्य हिल्सा सिमकोट सडक योजनाले एउटा जेसिवीले पन्छाउन सुरु गरेको भएपनि आईतबारसम्म सो काम नसकिएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए ।

सो क्षेत्रमा तीन फिटदेअि चार मिटरसम्म हिउ सडकमा जमेको कारण लामो समय लागेपनि हिउ पन्छाउने कार्य ढिलाई भएको उनको भनाई छ । हिल्सा सिमकोट सडकले ब्यवस्था गरेको एउटा मात्र जेसिवी भएको तर हिउ धेरै भएको कारण बिमान सात वजेबाट बेलुका साँढे पाँच वजेसम्म हिउ फाल्ने कार्य भई रहेको भएपनि हालसम्म नसकिएको हो ।

दसैं मनाउन घर आउन खोज्ने नब्बे जना स्थानीय हिल्सामा र एक हजार दूई सय जना चीनको पुलान काउण्टीको ताक्लाकोटमा रहेको कारण जसरी पनि सो पन्छाउने पर्ने बाध्यता रहेको छ । दश किलो मिटर सडकमा जमेको हिउ नौ किलोमिटर भन्दा बढी पन्छाउने कार्य भएपनि अझ केही मिटर बाँकी नै रहेको छ ।

एक दुई दिनमा सो पन्छाएर सडक सुचारु हुने जानकारी प्राप्त भएको छ । जेसवी र ईन्धनको ब्यवस्था गरेर हिउ फाल्ने कार्य भई रहेको छ । यसअघि नारा लेकमा जम्ने हिउ तीनदेखि चार दिन लाग्ने गथ्र्यो । यस पटक बढी नै परेको कारण समस्या धेरै लागेको हो।