दशै मनाउन ताक्लाकोटबाट २४१ जना हुम्लीवासी नारा लेकको हिउ पैदल छिचोल्दै फिर्ता

फोटो क्याप्सन : हिल्साबाट नारा लेकमा दशै मनाउन आउने क्रम हिउमा हिड्दै मानिसहरु ।

 

सि.टा. समाचारदाता
सिमकोट ।     दसैं मनाउनका लागि चीनको ताक्लाकोटबाट हिल्सासम्म आउनु भएका २४१ जना जना युवायुवती नारा लेकको हिउमा पैदलै हिडेर घर फिर्ता आई पुगेका छन ।

हिल्सादेखि नारासम्मको सडकमा हिउ जमेको कारण यातयात सेवा सञ्चालन नहुँदा उनीहरुले चार घण्टा हिउमा पैदल हिडेर चार हजार ५७० मिटर उचाईको नारा लेकसम्म हिढ्नु परेको थियो ।

दशैको घटष्थापनादेखि कातिक १ गतेसम्म ताक्लाकोटमा काम गरि रहनु भएका हुम्लाका २४१ जना स्थानीयहरु हिल्सा पुगेर त्यहाँबाट नारा लेकसम्म पैदल हिडेर आआफ्नो घर पुग्नु भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउदले बताए ।

नाराबाट भने उनीहरुले गाडीमा आफ्नो गन्तव्यतर्फ लागेका थिए । नारा लेकमा पैदल हिड्नेहरुमा असी जना महिला र १६१ जना पुरुष रहेका छन् ।

उनीहरुले ताक्लाकोटबाट घरका लागि ल्याएको सामान आफैले बोकेर हिल्साबाट नारासम्म ल्याउनु परेको थियो । त्यसैगरि यो अवधिमा हुम्लाबाट नारा लेकको हिउ छिचोल्दै हिल्सा पुगेर ७७ महिला र ८६ जना पुरुष गरि १६३ जना हिल्साबाट चीनको ताक्लाकोटतर्फ लागेका छन ।

नाम्खा गाउँपालिका– ५ नारा लेकमा असोज १० र ११ गते परेको भारी हिउ भएको थियो । ताक्लाकोटमा ब्यापार ब्यवासय गर्न, कामदारका रुपमा गएका र अन्य प्रयोजनले गएकाा दुई हजार पाँच सय जना हुम्लाका स्थानीय रहेका छन् ।

उनीहरु मध्य धेरै रोजगारीका लागि ताक्लाकोट रहेका छन । ताक्लाकोटमा रहेका मध्य एक हजार दुई सय जना दशैमा हुम्ला फिर्ता हुने तयारीमा रहेको भएपनि नारा लेकको सडक हिमपातको कारण यातायात सेवा सञ्चालनमा आउन नसकेको कारण धेरैले आफ्नो हुम्ला आउने योजना रद्ध गरेका थिए । नारा लेकको हिउ पन्छाउने कार्य जारी नै रहेको छ ।