सि.टा. समाचारदाता
हुम्ला । दोस्रो अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता आईतबारबाट सुरु भएको छ । मौसम सफा भएप्छि आईतबार ढिलो गरि प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
सिमकोट गाउँपालिका अध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा सुरु भएको छ । शनिबारबाट सुरु हुनु पर्ने सो प्रतियोगिता वर्षाको कारण एक दिन पछि सरेको थियो ।

प्रतियोगिताको उद्घाटन सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी गरेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया, एमाले सचिव तीर्थराज बोहरा र मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले शुभकामना मन्तव्य दिएका थिए ।

सात वटा माविहरु रामदेब, रलिङ, मानसरोवर बालमन्दिर, कैलाश, कर्णाली र सैपाल हिमालको सहभागिता रहेको छ । प्रतियोगितातर्फ छात्र तथा छात्रातर्फको खेलहरु हुनेछन् । यसका लागि २६ वटा इभेन्टमा लेखाडीहरुविच प्रतिश्प्रर्धा हुनेछ ।

छात्राछात्र गरि डेढ सय खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउदै छन् । एम्पायर तथा खेलाडीहरुलाई पनि सफथ खुवाईएको छ । खेलहरु आईतबारै भलिवलबाट सुरु भएको छ । जिल्लाका अन्य गाउँपालिकाले यो प्रतियोगिता गर्न बाँकी छ ।









