सिंचाई योजना निर्माण गर्न गाउँपालिका अध्यक्ष सहित स्थानीयवासी जुटे जनश्रमदानमा

फोटो क्याप्सन गाउँपालिका अध्यक्ष शाही सिंचाईको मुहानसम्म पाईप आफैले बोकेर ढुवानी गर्दै ।

सि.टा. समाचरादाता
सिमकोट । जनश्रमदानबाट काम विरलै हुम्ला जिल्लामा यतिबेला भने चङ्खेली गाउँपालिका अध्यक्ष सहित वडा नम्बर २ का बासिन्दाहरु मिलेर रातापया सिचाई निर्माण गर्न थप जनश्रमदानमा जुटेका छन् ।

उक्त सिंचाईका लागि विनियोजित बजेट न्युन हुनु र सिंचाई योजना चाँडो सम्पन्न गर्नका लागि गाउँवासी जनश्रमदानमा जुटेका हुन ।

सिंचाई निर्माणका लागि जनश्रमदानमा जुटेको चौथो दिन भएको र यसमा गाउँबाट साँढे चार किलोमिटर टाढाको मुहानमा पाईप ढुवानी भई रहेको उक्त काममा जुट्नु भएका स्थानीय मक्क सुनारले बताए ।

गुणस्तरीय कामका साथ चाँडो पनि गर्ने सहमति स्थानीयवासीविच भएपछि थप जनश्रमदानमा काम सुरु गरिएको हो । यसमा पाईप ढुवानी र पाईपलाईन खन्ने कामका लागि स्थानीयवासीले जनश्रमदान सुरु गरेको उहाँले बताउनुभयो ।

यो काममा बयालीस जना स्थानीयले पाईप ढुवानी गर्नु भएको छ । पाईप ढुवानी कार्य जारी रहेको छ । एक सय असी एमएमका प्लाष्टिक पाईपहरु ६६० वटा रहेका छन ।

पाईप सवै गाउँपालिकाले खरिद गरेको र ढुवानी तथा पाईप लाईन खन्ने कार्य मुख्यमन्त्री रोजगार कार्यक्रमका लक्षित वर्गले गर्ने सहमति अनुसार यो योजना छनौट भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए । रोजगार कार्यक्रमका लक्षित वर्गले यो काम गर्न धेरै समय लाग्नुका साथै पारिश्रमिक पनि न्यनू पाउने देखिएपछि गाउँवासीले जनश्रमदानमा काम गर्न सहमति अनुसार यो काम सुरु भएको होे ।

हिमपात नहुँदै पाईप ढुवानी र लाईन खन्ने कार्य सम्पनन गनै लक्ष्यका साथ जनश्रमदानको काम सुरु गरिएर्को छ । सवैको सहयोगले यो काम समय मै सम्पन्न हुने बिस्वास पनि उन गरे । जनश्रमदानको काममा अधिकाँस युवाहरु जुटेका छन । पाईप ढुवानी गर्ने क्रममा बिहानको खाना कामदारले बोकेर लाने गरिएको छ ।

यो जिल्ला कै लागि नमूना योग्य कार्य हुने पनि अध्यक्ष शाहीले बताए । यो काममा गाउँपालिका अध्यक्ष प्यारीलाल शाही समेत खटिएका छन । उक्त सिंचाई चङ्खेली गाउँपालिका– २ को दार्म जिउलाको धान खेतीका लागि सिंचाई सुविधा पुर्याउनका लागि हो । हुम्ला जिल्लामा सवै भन्दा बढी मार्सी धान खेती सो जिउलामा हुने गर्छ ।