
सि.टा. समाचारदाता
सिमकोट । हुम्लामा सञ्चालनमा रहेको प्रथम गोल्ड कप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाईनलमा सिम ब्वाईज र ठेहे फुटबल क्लव भिड्ने भएका छन् । सेमिफाईनल खेलमा दुवै टिम विजेता भएपछि शनिबार फाईनलमा भिड्ने भएका हुन ।
शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा सिम ब्वाईज क्लब र नाम्खा फुटबल क्लवलाई सुन्नेका बिरुद्ध तीन गोल गर्दै फाईनसमा आफ्नो स्थान पक्का गरेको हो । त्यसैगरि दोस्रो सेमिफाईनल खेलमा ठेहे फुटबल क्लवले भटभटे फुटबल क्लवलाई दुईका बिरुद्ध चार गोल गर्दै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
फाईनल खेल शनिबार दिउसो बाह्र वजे हुँदैछ । जिल्लाभरका सोह्र वटा क्लवहरुको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताका सहभागी टिमलाई चार समुहमा विभाजन गरि लिंक चरणका खेलहरु भएका थिए ।
प्रथम हुने क्लवले एक लाख १५ हजार रुपियाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७५ हजार रुपियाँ प्राप्त गर्नेछ । यसका लागि आयोजकमा दिगो विकास युवा क्लव र रानी बन युवा क्लव रहेका छन् ।









