सिंचाई योजना निर्माण गर्न जनप्रतिनिधि सहित स्थानीयवासी जुटे जनश्रमदानमा

फोटो क्याप्सन पाईप बोृकेर मुहानातर्फ लैजदै अध्यक्ष शाही ।

सि.टा. समाचरादाता
सिमकोट । जनश्रमदानबाट काम विरलै हुने हुम्ला जिल्लामा यतिबेला भने चङ्खेली गाउँपालिका जनप्रतिनििध सहित वडा नम्बर २ का बासिन्दाहरु मिलेर रातापया सिचाई निर्माण गर्न जनश्रमदानमा जुटेका छन । उक्त सिंचाईका लागि विनियोजित बजेट न्युन हुनु र सिंचाई योजना चाँडो सम्पन्न गर्नका लागि गाउँवासी जनश्रमदानमा जुटेका हुन ।

सिंचाई निर्माणका लागि जनश्रमदानमा जुटेको सातौ दिन भएको र यसमा गाउँबाट साँढे चार किलोमिटर टाढाको मुहानमा पाईप ढुवानी भई रहेको उक्त काममा जुट्नु भएका स्थानीय लालप्रसाद जैसीले बताए ।

गुणस्तरीय कामका साथ चाँडो पनि गर्ने सहमति स्थानीयवासीविच भएपछि थप जनश्रमदानमा काम सुरु गरिएको हो । यसमा पाईप ढुवानी र पाईपलाईन खन्ने कामका लागि स्थानीयवासीले जनश्रमदान सुरु गरेका हुन । यो काममा बयालीस जना स्थानीयले जुटेका छन । पाईप ढुवानी कार्य जारी रहेको छ । एक सय असी एमएमका प्लाष्टिक पाईपहरु ६६० वटा रहेका छन ।

पाईप सवै गाउँपालिकाले खरिद गरेको र ढुवानी तथा पाईप लाईन खन्ने कार्य मुख्यमन्त्री रोजगार कार्यक्रमका लक्षित वर्गले गर्ने सहमति अनुसार यो योजना छनौट भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका लक्षित वर्गले यो काम गर्न धेरै समय लाग्नुका साथै पारिश्रमिक पनि न्यनू पाउने देखिएपछि गाउँवासीले जनश्रमदानमा काम गर्न सहमति अनुसार यो काम सुरु भएको होे । हिमपात नहुँदै पाईप ढुवानी र लाईन खन्ने कार्य सम्पनन गनै लक्ष्यका साथ जनश्रमदानको काम सुरु गरिएको छ ।

सवैको सहयोगले यो काम समय मै सम्पन्न हुने बिस्वास पनि उहाँले गर्नुभयो । जनश्रमदानको काममा अधिकाँस युवाहरु जुटेका हुन । पाईप ढुवानी गर्ने क्रममा बिहानको खाना कामदारले बोकेर लाने गरि रहेका छन ।

यो जिल्ला कै लागि नमूना योग्य कार्य हुने पनि अध्यक्ष शाहीले बताए । यो काममा गाउँपालिका अध्यक्ष प्यारीलाल शाही समेत खटिदै आएका छन् । उक्त सिंचाई चङ्खेली गाउँपालिका– २ को दार्म जिउलाको धान खेतीका लागि सिंचाई सुविधा पुर्याउनका लागि हो । हुम्ला जिल्लामा सवै भन्दा बढी मार्सी धान खेती सो जिउलामा हुने गर्छ ।