खेल मैदान र सिम क्षेत्र सरसफाई

सि.टा. समाचारदाता
सिमकोट । सिमकोटस्थित खेल मैदान र सिम क्षेत्रको सरसफाई गरिएको छ । हिमपात भई रहेको भएपनि आईतबार बिहान उक्त स्थानमा जम्मा भएको फोहोर ब्यवस्थापन गर्ने कार्य भएको हो ।

खेल मैदान र सिम क्षेत्रमा जम्मा भएको फोहोर ब्यवस्थापन गर्ने कार्य भएको ठेहे समाजका सदस्य बिशाल बोहराले जानकारी दिए ।

दिगो विकास प्रथम गोल्डका सञ्चालन गर्दा खेल मैदान र सिम क्षेत्रमा फोहोर जम्मा भएको थियो । उक्त फोहोर ब्यवस्थापन गर्ने कार्य गरिएको हो । उक्त प्रतियोगिता ठेहे युथ क्लवले विजय प्राप्त गरेको थियो ।

जम्मा गरिएको फोहोरलाई कुहिने र जलाउने छुट्याएर ब्यवस्थापन गरिएको हो । दुई क्षेत्रमा सरसफाई गरिएपछि सफा देखिएका छन् । यससफाई गर्न सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, ठेहे समाजका सदस्य, ठेहे युवा क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।