उत्तरी हुम्लाका उच्च क्षेत्रमा हिमपात

फोटो क्याप्सन :   लिमीमा हिमपात हुँदै ।

सि.टा. समाचारदाता
सिमकोटे । आईतबार बिहानबाट उत्तरी हुम्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोटमा हिउ जम्न सुरु नभए पनि उच्च क्षेत्रमा बाक्लो हिमपात भई रहेको हो ।

सिमकोट भन्दा माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको स्थानीयले जनाएका छन । जम्न नसकेपनि हिउ भने सिमकोटमा पनि परि रहेको छ ।

आईतबार रातीसम्म सदरमुकाम सिमकोटमा पनि हिउ जम्न सुरु हुनेछ । सिमकोट भन्दा माथिल्ला क्षेत्रमा भने बाक्लो हिउ परि रहेको र जम्न पनि सुरु भएको छ । बिशेष गरि नाम्खा गाउँपालिकाको नारा, हिल्सा, यारी, मुचु, चाला, लेकधिंगा, न्यालु लेक, लिमी, लाप्चा लगाएतका उच्च क्षेत्रमा हिमपात भई रहेको छ । हिमपात भई सकेको कारण चिसो बढेको छ ।

ती क्षेत्रमा हिमपातसंगै बाक्लो कुहिरो पनि लागेको छ । लिमी र हिल्सा क्षेत्रका लागि यो तेस्रो हिमपात हो । सिमकोटमा भने यसवर्षको पहिलो हिमपात भई रहेको उहाँले बताउनुभयो । सिमकोट भन्दा दक्षिणी क्षेत्रमा भने वर्षा भई रहेको छ ।