
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट हिल्सा सडक खण्डको यारी हिल्सा क्षेत्रको नारा सडक अबरुद्ध भएको छ । गत आईतबार भएको हिमपातले सडकमा हिउ जमेको कारण यातायात सेवा बन्द भएको हो ।
नारा लेकको सडक हिमपातले तेस्रो पटक अबरुद्ध भएको छ । आईतबार परेको हिउपात सडकमा जमेपछि त्यसयता यातायात सेवा बन्द भएको हो ।
हिल्सामा रहेको सशस्त्र प्रहरी बलको बार्डर आउट पोष्ट ( विओपी ) को एक टोली सोमबार दिउसो नारा लेकसम्म पैदल पुगेको र उक्त टोलीले सडकमा जमेको हिउ नपन्छाएसम्म यातायात सेवा सुचारु हुन सक्ने अवस्था नरहेको जानकारी गएको थियो ।
यसको जानकारी हिल्सा सिमकोट सडक योजनालाई गराई सकेको र अब चाँडै सडकमा जमेको हिउ पन्छाउने कार्य सुरु हुनेछ । यारीको सिपसिपबाट नाराको चोर लाग्नासम्मको पन्द्र मिलोटिर सडकमा हिउ जमेको विओपी हिल्साबाट जानकारी आएको छ । हाल हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार कार्यालय र अध्यागमन कार्यालयका कर्मचारी होटेल ब्यवसायी गरि नब्बे जना बस्दै आउनु भएको छ ।
चीनको ताक्लाकोटका कामका लागि जानु भएको हुम्लाका युवायुवती पनि हुम्ला फिर्ता हुने क्रम जारी रहेको थियो । अब हिमपातले सडक अवरुघ भएपछि उहाँहरु समेत रोकिनु भएको छ ।
यसअघि असोज ९ देखि १२ गते र कात्तिक १२ देखि १४ गतेसम्म परेको हिमपातमा पनि उक्त सडकमा यातायात सेवा बन्द भएको थियो । पछि हिल्सा सिमकोट सडक योजनाले सडकमा जमेको हिउ जेसिवी लगाएर पन्छाएपछि यातायात सेवा सुचारु भएको थियो ।









