हुम्लामा एघार वर्षका बालकमा देखियो डेङ्गु

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला एक जना एघार वर्षका बालकमा डेङ्गु रोग देखिएको छ । अत्याधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका बालकको स्वाव परिक्षण गर्दा डेङ्गु पुष्टि भएको छ ।

हिमाली जिल्ला हुम्लामा डेङ्गुको बिरामी देखिएको छ ।  सिमकोट गाउँपालिका– ८ को खोल्सी गाउँका एघार वर्षका बालकलाई डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय अन्र्तगत जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन । उनले बालकको स्वाव भेरीफाई गर्न तीन पटक ल्यावमा गरिक्षण गर्दा डेङ्गु पुष्टि भएको जानकारी दिईन । स्थानीय डेङ्गु हुन सक्ने चिकीत्सकले बताए । डेङ्गु पुष्टि भएका बालक जिल्ला भन्दा बाहिर कतै पनि नगएको अभिभावकले बताए छ । ज्वरो आउने र रुघाखोकी लागेपछि बालकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म हुम्ला जिल्ला डेङ्गुबाट सुरक्षित रहँदै आएको थियो । २०७८ सालमा जिल्ला बाहिरबाट गएका एक जना मानिसलाई डेङ्गु देखिएको थियो । उनले जिल्लामा डेङ्गुका बिरामी देखिएको कारण सवैलाई सुरक्षित रहन आग्रह गरे ।