- सि.टा. समाचारदाता
सिमकोट । बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकाया राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत भएका छन् । शिक्षा मन्त्रालयले हरेक वर्ष शिक्षा दिवसको अवसरमा प्रदान गर्ने उक्त पुरस्कारबाट प्रधानाध्यापक रोकाया पुरस्कृत भएका हुन ।
शिक्षा युवा तथा खेलकुद मन्त्रालय हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बाट प्रधानाध्यापक रोकाया पुरस्कृत भएको मन्त्रालयले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ । तीस वर्षदेखि रोकाया शिक्षा पेशामा आबद्ध रहँदै आएका छन् । २०५१ साल वैशाल ५ गतेबाट प्रअ रोकायाले शिक्षण पेशा सुरु गरेका थिए । पछि शिक्षा सेवा आयोगले लिएको शिक्षा आयोगको परिक्षामा स्थायी शिक्षकमा उतिर्ण भएपछि २०६० साल वैशाख ५ गतेबाट निम्न माध्यामिक विद्यालयको शिक्षकमा नियुक्र्त भएका थिए । यसविच रोकायाले विभिन्न विद्यालयमा शिक्षण पेशा गर्दै आएका थिए । रोकाया गणितका शिक्षक हुन । २०७१ सालबाट हालको सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यामिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी पाएका थिए । हाल पनि प्रअ रोकाया सोही विद्यायको प्रअमा कार्यरत ‘हँदै आएका छन् । विद्यालय मावि भएपनि दरवन्दीमा हालसम्म सो विद्यालयमा शिक्षक रहेका छैन्् । राहात र गाउँपाकिला अनुदानबाट मावि विद्यालय सञ्चालन हुँदै आएको छ । २०८० सालको एसईई परिक्षामा राम्रो नतिजा ल्याउने विद्यालयमा बालमन्दिर पनि पर्छ । जिल्ला कै धेरै बिधार्थीहरुले अध्ययन गर्ने विद्यालयमा पनि सो विद्यालय पर्छ ।
















