- सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जन : चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।




















