सरुवा भएका प्रमुख जिल्ला अधिकारी पोखरेलले आईतबार जिल्ला छोड्दै

  • सि.टा. समाचारदाता
    सिमकोट ।  हाल हुम्ला जिल्लाका  प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले आईतबार जिल्ला छोड्ने भएका छन् । उनलाई गृहमन्त्रालयले हुम्लाबाट सरुवा गरेपछि नयाँ कार्य क्षेत्र जानका लागि उनी जिल्ला छोड्दै छन् ।

प्रजिअ पोखरेलले करिव दश महिना हुम्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेर आईतबार जिल्ला छोड्न लागेको बताए । उनी गतवर्ष मंसीर ३ गते हुम्ला जिल्लामा सरुवा भएर आएका थिए । अब उनी मोरङ जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गर्नेछन् । त्यसैगरि अब आईतबारै नयाँ खटिएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे जिल्लामा आउने कार्यक्रम रहेको छ । आईतबार नयाँ प्रजिअ आउने र पुरानो प्रजिअ फिर्ता जाने कार्यक्रम रहेको छ । उनी हाल सुर्खेत जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरि रहेका थिए ।