दलीय सम्यन्त्रद्धारा सरुवा भएर जानेक्रममा रहेको प्रअिजको बिधाई

प्रजिअ पोरखेलको बिधाई कार्यक्रमका सहभागीहरु ।
तस्बिर :सौजन्य बसन्त रोकाया

सि.टा समाचारदाता
सिमकोट । जिल्ला राष्ट्रिय मान्यता प्राप्त दलहरुको साझा सम्यन्त्रले हुम्ला जिल्लाबाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलको बिधाई कार्यक्रम आयोजना गरेको छ  । दलीय सम्यन्त्रले नयाँ कामको थालनी गर्दै सरुवा भएर जानेलाई बिधाई तथा नयाँ आउनेलाई स्वागत गर्ने भएको हो ।

बिधाई कार्यक्रममा प्रजिअ पोखरेलले आफ्नो पालामा सवै पक्षबाट सहयोग प्राप्त भएको धन्यवाद दिए । राष्ट्रिय परिचयपत्र सर्केगार्डबाट दिन सुरु गरेको, सिमापास नाम्खा गाउँपालिकाबाट दिन सुरु गरिएको छ , भाडा दरमा कमी ल्याउने कार्य भएको उनले बताए । उनले दश महिना अवधिमा जिल्लाका लागि सशस्त्र प्रहरीको जग्गा व्यवस्थापन भएको, दलीय सम्यन्त्रसंग समन्वय गरेर काम गरेको बिधाई कार्यक्रममा बताए । जिल्लामा शान्ति सुरक्षा पनि कायम राख्न सफल भएको उनले बताए । त्यसैगरि आफ्नो कार्यक्रममा गाडी भाडा ब्यवस्थापन हुन नसकेको र सडक निर्माणलाई तिब्रता दिन नपाएकोमा भने उनले दुख ब्यक्त गरे । त्यसैगरि खार्पुमा पुल जो८ने कार्य नभएको र कर्णाली करिडोरको रोकिएको काम सुचारु गर्न नपाएकोमा पनि दुख ब्यक्त उनले गरे । बिधाई कार्यक्रममा काँग्रेस उपसभापति बसन्त रोकाया, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, काँग्रेस कोषाध्यक्ष बबिता शाहीको सहभागीता रहेको थियो । जिल्लामा नयाँ सरुवा भएको सोमवार  आउन लागेका प्रजिअलाई पनि दलीय सम्यन्त्रले स्वागत गर्ने कार्यक्रम रहेको काँग्रेस उपसभापति रोकायाले बताए ।