सि.टा समाचारदाता
सिमकोट । हुम्लाको फुटबल क्षेत्रको बिकासका लागि स्थापना भएको हुम्ला फुटबल ऐकेडेमीले जिल्लाका विद्यालयहरुलाई फुटबल सहयोग गरेको छ । विद्यालय स्तरबाटै फुटबल खेलको बिकासका टेवा पुर्याउने उद्धेश्यकले ऐकेडेमी प्रत्येक विद्यालयलाई फुटबल सहयोग गरिएको हो ।

ऐकेडेमीले जिल्लाका सात वटै गाउँपालिकाका २३ वटा विद्यालयहरुलाई दुई दुई वटा फुटबल सहयोग गरिएको अध्यक्ष बिष्णु रावतले बताए ।

जिल्लामा फुटबलको बिकास विद्यालय स्तरबाटै गराउनका लागि यो सानो सहयोग गरिएको बताउदै उनले सहयोग सानो भएपनि यसबाट विद्यालयमा अन्य खेलहरु हुने तर फुटबल नभई रहेको अवस्थामा अब फुटबल खेल पनि विद्यालयमा सचालन हुने बिस्वास ब्यक्त गरे ।

हाल १७ वटा विद्यालयमा अध्यक्ष रावत आफै उपस्थिती भएर, प्रधानाध्यापक, शिक्षक र वडा अध्यक्ष मार्फत ती फुटबल सहयोग गरि रहेका छन् ।

बाँकी छ वटा विद्यालयलाई फुटबल दिन बाँकी रहेको र अव चाँडै दिने तयारीमा उनी रहेका छन् ।

यी फुटबल विद्यालयलाई प्रदान गर्ने कार्यका लागि काठमाडौंमा रहँदै आएका सात जना ब्यक्तिले ब्यक्तिगत रुपमा सहयोग गरिएको कार्यबाट यो संभव भएको हो ।
















