पुर्वाधार बिकास कार्यालयले ५१ वटा नयाँ योजना निर्माण गर्दै

  • सि.टा समाचरादाता
    सिमकोट । चालु आर्थिक वर्षमा पुर्बाधार बिकास कार्यालयले ५१ वटा दश लाख भन्दा माथिका नयाँ तथा बहुवर्षिय योजनाहरु निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष ०८१।०८२ मा कार्यालयको बार्षिक स्वीकृत कार्यक्रममा ती योजना निर्माणका लागि बजेटको ब्यवस्था भएपछि निर्माण हुने भएका हुन ।
    कार्यालय प्रमु नरेशराज जैसीले सडक, झोलुङ्गे पुल, ट्रस ब्रीज र मोटरेवल पुल गरि चालु आर्थिक वर्षमा सम्पन्न हुने र बहुवर्षीय रुपमा काम गर्ने ५१ वटा योजनाहरु निर्माण हुन लागेको बताए । निर्माण गर्न लागिएका योजनाहरुमा अधिकाँस ग्रामीण सडक रहेका छन् भने त्यसपछि झोलुङ्गे पुल, ट्रस ब्रीज र पक्की पुल समेत रहेका छन् । यी योजनाहरुका लागि कार्यालयसंग तीस करोड दश लाख बजेट विनियोजित भएको छ । पुर्वाधार बिकास कार्यालयले सात वटा गाउँपालिका मध्य सवै भन्दा बढी सर्केगार्ड गाउँपालिकामा १५ वटा योजना निर्माण गर्न लागेको छ भने दोस्रोमा खार्पुनाथ गाउँपालिकामा दश वटा योजनाहरु निर्माणका लागि वजेटको ब्यवस्था गरिएको छ । त्यसैगरि ताँजाकोट गाउँपालिका र नाम्खा गाउँपालिकामा समान आठ आठ योजना निर्माण गर्नेछ । त्यसैगरि अदानचुली र चंखेली गाउँपालिकामा चार चार योजना र सिमकोट गाउँपालिकामा दुई वटा योजना मात्र निर्माण गर्नेछ । गाउँपालिका अनुसार योजनाको नाममा सर्केगार्ड गाउँपालिका– २ को उनापानी तातोपानी सुईना ट्रस व्रीज, सोही वडाको गुम्वा जुम्लीसाँघु झोपु, वडा नम्बर ७ को भ्युपार्न झोपु, ४ को दुल्ली मुण्डी था झोपु, वडा नम्बर ७ र ८को फुचा राहदेउ सिमाली औल सडक, वडा नम्बर १ को साँगुडा देखि स्याँडा सडक, वडा नम्बर ४ र ६को सर्केगार्ड साँयादेखि लेख बराई सडक, वडा नम्बर ३ को स्यालवाडी उनापानी देखि लिपिया सडक, वडा नम्बर ८ को ताचवा पुलमुनिदेखि सडक स्तरोन्नती, सोही वडाको भ्युपार्नदेखि आवायीस विद्यालयसम्म सडक, वडा नम्बर १ को खामडाँडादेखि सल्लेरी नार्सिक सडक, वडा नम्बर ३ को मालझुल घट्टेडाडादेखि गुराँस काधसम्म सडक, वडा नम्बर १ कै सर्केगार्ड जैर हुँदै तुम्चसम्म सडक, सर्केगार्ड मारघोर खार्पुनाथ सिमकोट सडक र सर्केगार्ड, मारघोर खार्पुनाथ र सिमकोट सडक रहेका छन् । त्यसैगरि खार्पुनाथ गाउँपालिका– ३ र ४ का लागि नल्ना खारगाउँदेखि राया गाउँ झोपु, डा नम्बर ३ को रङ्गदेखि राया झोपु , वडा नम्बर १ र २ का लागि लिगे झोपु, खार्पुनाथ ५ को याङ्चुबजारदेखि डाँडावाडा हुँदै भकुण्डा सडक, वडा नम्बर ४ को तुम्लिक मेहल खोला हुँदै माजा गाउँसम्म विस्तार र स्तरोन्नती, वडा नम्बर ५ को खार्पु दोवाटोदेखि चुचेजुरसम्म सडक स्तरोन्नती, खार्पुनाथ ५ को कालापानी देखि स्यालवाडा हुँदै जाकोटसम्म ग्रामीण सडक, वडा नम्बर १ को लालीबगर औलथाली पक्की पुल, वडा नम्बर ४ र ५ को गाउँपालिका केन्द्र याङ्चु बजारदेखि तुमलिक पक्की पुल रहेका छन् । यता ताजाकोट गाउँपालिकाका हन्ङ्गार झोपु वडा नम्बर ५ को पैमा खोलाको क्षेतीग्रस्त झोपु मर्मत, वडा नम्बर ३ को तिरतिरे पानीदेखि औल सडक, वडा नम्बर २ को सियालादेखि मैलागाउँ सडक, भैसावाजदेखि रानीसैना हुँदै मुचु सडक, कवाडीदेखि रानी सैनासम्म सडक, बाजुरा कवाडी ताँजाकोट अदानचुली सर्केगार्ड सडक र बाईगाउँ खोला पक्की पुल निर्माण योजना रहेका छन् । नाम्खा गाउँपालिकामा आठ वटा योजना रहेको र ती योजनाहरुमा कुडील्ला झोपु, छोसान झोपु मानेपेमे लिमी जाङ तिव्वत सिमा सडक, याङ्गार गेरुङपानी तुम्कोट र मुचु सडक, हेक्पादेखि ताङ्गिन सडक, सल्लीदेखि चालासम्म सडक, मुचुगाउँदेखि लिमि भ्याली सडक र यारी ठाडाँ ढुङ्गा नेम ह्याङ्सी सडक रहेका छन् । त्यसैगरि अदानचुली गाउँपालिकाको वडा नम्बर ३ को लागि पारी घट्ट झोपु, वडा नम्बर ६ को लिभरघाट घट्ट झोपु, वडा नम्बर ६ को कालागाडदेखि पाल्ससम्म ग्रामीण सडक र वडा नम्बर ६ कै पाल्स लिव्रागाड ठान्देउ हुँदै मुने काँध सडक रहेका छन् । यता चंखेली गाउँपालिका– ४ को घट्टेखोला ट्रस व्रीज, वडा नम्बर ६ को घट्टेचौर छाला, नेप्का टाँके तिव्वत सिमा सडक, वडा नम्बर ४ को पिप्लाङदेखि सलीसल्लासम्म सडक स्तरोन्नती र वडा नम्बर २ र ४ को लोतीखोला वेलीव्रीज रहेका छन भने सिमकोट गाउँपालिकाका लागि खार्पुनाथ चुवाखोला देखि टापु लेख सडक र डोसा वेलीव्रीज योजना रहेका छन् ।