
तस्बिर : लोग भण्डारी
लोग भण्डारी
सिमकोट । खराव मौसमको कारण बुधवार हिमाली जिल्ला हुम्लाको हवाई सेवा अबरुद्ध भएको छ । विहानैबाट सिमकोट प्रवेश गर्न मार्ग खराव हुनु र पछि हावाको चाप बढेपछि हवाई सेवा अबरुद्ध भएको हो ।
अझै पनि औपचारिक रुपमा सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाको हवाई सेवा अबरुद्ध भएको छ । बिहान मौसम खराव र दिउसो बिमानस्थल क्षेत्रमा हावाको चाप बढेको कारण हवाई सेवा अबरुद्ध भएको सिमकोट बिमानस्थलका प्रमुख महेन्द्र बहादुर सिंहले बताए । एक तिर जहाजहरुले कम उडान भरि रहेको बेला खराव मौसमको कारण हवाई सेवा नै अवरुद्ध भएको हो । बुधबार सीता एयरको जहाजले नपालगंजबाट सिमकोटका लागि दुई उडान भर्ने तालिका रहेको थियो । खराव मौसमको कारण दुवै उडान अबरुद्ध भएका छन् । यसबाट बिहान छ वजे नेपालगंज बिमान स्थलमा छिरेका यात्रुहरु उड्न नपाएपछि निरास भएर फर्किएका थिए भने सिमकोट विमान स्थलबाट नेपालगंज झर्ने यात्रुहरुको हालत पनि यस्तै थियो । नेपाल एयरलाईन्स र तारा एयर काठमाडौं फर्किएको र समिट एयर बुधबार बिहान काठामाडौं फर्केको छ ।























