- सि.टा. समाचारदाता
सिमकोट । नयाँ सरुवा भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे जिल्लामा आई पुगेका छन् । बुधवारबाटै आउने प्रयास गरिएको भएपनि खराव मौसमको कारण नेपालगंजबाट सिमकोटका लागि उडान नभएको कारण नेपालगंजमा राकिएका प्रजिअ पाण्डे बिहीबार सीता एयरको जहाजमा जिल्लामा आई पुगेका हुन ।
जिल्लामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्ने गरि आई पुगेको र बिहीबारवाटै कामकाजमा सुरु गरेको प्रजिअ पाण्डेले बताए । उनले जिल्लाको शान्ति सुरक्षा र अमन चयन कायम राख्ने आफ्नो पहिलो प्राथमिकता रहेको र त्यसै अनुसार सबैको सहयोगको अपेक्क्षा आफुले राखेको बताए । जिल्लाको बिकास र निकासका लागि सवैसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने पनि उनले बताए ।

१९ वर्ष सेवा अवधि पुगेका प्रसजअ पाण्डे यसअघि कर्णाली प्रदेश कै सुर्खेत जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका थिए भने त्यो भन्दा अगाडी सुदुरपश्चिम प्रदेशका बझाङ जिल्लामा प्रजिअको रुपमा समेत काम गरि सकेका छन् । उनलाई सिमकोट बिमानस्थलमा प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज राई, सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदी, सिमकोट बिमानस्थल प्रमुख महेन्द्रबहादुर सिंह लगाएत कर्मचारीहरुले फुलमाला लगाएर स्वागत गरेका थिए ।
















