सि.टा समचारदाता
विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्दैछ।
सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ।
नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो। प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र रु एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ।
वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैङ्कसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउनेगरी सम्झौता भएको थियो। अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम सर्व सञ्चिति कोषमार्फत आउनुपर्ने र
त्यसपछि मात्र वन विकास कोषमा हस्तान्तरण हुने भनेपछि विश्व बैङ्कले त्यसबारेमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए। कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवासी/जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान छ।
“यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको छ”, प्रवक्ता ढुङ्गानाले भने। कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो।
त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो।
उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले जानकारी दिए।
नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ। सहसचिव पुडासैनीले भने, “नेपालको तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्म करिब तीन करोड ४२ लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिइएको छ। पहिलो चरणमा २०२३ मा मापन गर्दा २३ लाख टन कार्बन उत्सर्जन कटौती भएको छ।”
समाचार
ताजा खबर
मृत्यु भएका मतदाताको अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगले सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरेको छ । आयोगले एक प्रेस विज्ञप्तिमार्फत...
मोवाईल सेवाको गुणस्तर सुधार गर्न प्राधिकरणको निर्देशन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा प्रविधिको प्रभावकारी उपयोगका लागि दूरसञ्चार सेवा प्रदायकलाई आठबुँदे कडा निर्देशन...
यी प्रदेशका बिभिन्न भागमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम...
लिमीटेडले छुटमा पहिलो छ लाख ८८ हजार मुल्यको खाद्यन्न बिक्री
सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट पहिलो दिन छुटमा छ लाख ८८ हजारको खाद्यान्न बिक्री गरेको छ ।...
हिल्सा नाकामा राज्यको उपस्थिती दयनीय रहेकोमा सासद रोकयाको संसद मार्फत ध्यानाकषर्ण
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीसको सीमा क्षेत्र हिल्सामा खटिएका कर्मचारीले आवश्यक सामान्य संरचना विनै काम गर्नुपर्ने बाध्यता रहेकोमा सासद जयपति रोकायालय संसद मार्फत...
ढुङ्गा,गिट्टी बालुवा उत्खनन गर्न रोक
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोट आसपासका क्षेत्रहरुमा ढुङ्गा गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाईएको छ । बर्खा लागेकोले जथाभावी ढुङ्गा गिट्टी र बालुवा...