आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर नष्ट

फोटो क्याप्सन :   आगालागीबाट नष्ट भएका श्रेष्ताहरु ।

सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका प्रशासनीक भवनमा भएको आगलागीबाट गत आर्थिक वर्ष ०८२।०८२ का लागि लेखाका सक्कल श्रेष्ता जलेर नष्ट भएका छन् ।

अघिल्लो वर्षको कामको दायित्व बाँकी फायलको भुक्तानी दिएका श्रेष्ताहरु लेखाको स्टोर मै भण्डारण गरि राखिएको कारण पुराना श्रेष्तासंग जले नष्ट भएका हुन ।

लेखाको भण्डारणसंगै रहेका लेखा परिक्षण नभएका गत आवका पाँच प्रतिशत श्रेष्ता आगलागीमा जलेर नष्ट भएको लेखा प्रमुख बलभद्र सन्ज्यालले बताए ।

अरु श्रेष्ता आफ्नो कार्यकक्षमा रहेको कारण सुरक्षित रहेको बताउदै गत आवमा काम भएर दायित्वमा रहेका श्रेष्ताहरु पुरानै श्रेष्तासंग रहेको कारण जलेर नष्ट भएको उनले बताए ।

यसले गर्दा अव आन्तरिक लेखा परिक्षण र अन्मि लेखा परिक्षण गर्न कठिन हुने देखिएको छ । सोमबार बिहान गाउँपालिकाको भवनमा आगलागी भएको थियो । सो आगलागीबाट आव ०७३।०७४ देखि ०८१।०८२ सम्मका सवै श्रेष्ताहरु जलेर नष्ट भई सकेका छन् ।