सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार संसदमा बिशेष समय लिदै सासद रोकायाले सो बिबरण सासद मार्फत सरोकारवाला पक्षको ध्यानकर्षण समेत गराएका थिए ।

सासद रोकायाले गत बिहीबार खार्पुनाथ गाउँपालिका– १ को सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई जना बालबालिका नदीले बगाएर बेपत्ता भएको र हालसम्म पनि पत्ता लाग्न नसकेको कुरा ससदमा जनकारी गराएका थिए ।

त्यसैगरि गत जेठ ५ गतेबाट हुम्लामा बाढी पहिरोबाट क्षेती हुने क्रम सुरु भएको सासद रोकायाले जानकारी गराएका थिए । गत जेठ महिनायता यी घटनाबाट दुई जनाको मृत्यु सहित पशुवस्तु र भौतीक क्षेती भएको विवरण उनले संसदलाई जानकारी गराएका थिए ।

गत जेठ ५ गतेबाट साउन साउन भदौ ३ गतेसम्म गएको बाढी पहिरोबाट सो क्षेती भएको थियो । करिव तीन महिनाको अवधीमा जिल्लाभर घटेका तेह्र वटा बाढीपहिरो र सुख्खा पहिरोका घटनाबाट दुई जनाको मृत्यु, भेडाबाख्र मर्नुका साथै अन्य भौतिक सम्पतीलाई समेत क्षेती पुगेको उनले उल्लेख गरेका थिए ।

गत जेठ ५ गते अदानचुली गाउँपालिका– ५ को पाल्समा सुख्खा पहिरो खस्दा एक जना पुरुष र सर्केगार्ढ गाउँपालका– ४ मा सुख्खै पहिरो खस्दा एक जना बालिकाको पुरिएर मृत्यु भएको उनले संसदमा बताए । त्यसैगरि उनका अनुसार जेठ १३ गते सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सुख्खा पहिरो जाँदा यातायात सेवा डेढ दिन अवरुद्ध भएको थियो ।

जेठ ५ गते राती चङ्खेली गाउँपालिका– ५ को नेक्पामा पहिरो जाँदा ५४ वटा भेडाबाख्रा पहिरोमा पुरिएर मरेका थिए भने तीन वटा डाँफे आविको विद्यालय भवन भत्काउनुका साथै चौवीस हल बाली लगाएको जग्गा समेत बगाएको थियो ।

त्यसैगरि जेठ ९ गते नै सो वडामा हावाहुरी सहित परेको वर्षाले भेडाबाख्राको खोर भत्काउनुका साथै वगाएर लगेको, जेठ २६ र २७ गते लगातार सर्केगार्ड गाउँपालिका– १ को खच्चामा पहिरो जाँदा सडक भत्किएर लगातार तीन दिन सडक अबरुद्ध भएको, यता साउन १६ गते खच्चामा पून पहिरो गएर सडक अवरुद्ध भएको, नाम्खा गाउँपालिका– २ को ढाँडकेर्मीमा गएको पहिरोले हिल्सा सिमकोट सडकको सडक पुरेको उनले बताएका थिए ।

त्यसैगरि साउन ३ गते ताँजाकोट गाउँपालिका– १ को कवाडी खोलामा बाढी गएर खेती लगाएको जग्गामा क्षेती पुर्याएको थियो भने साउन १४ गते नाम्खा गाउँपालिका– ६ को तीलमा बाढी जाँदा, बाटो र पुल लगाएर क्षेती पुर्याएको विवरण पनि उनले संसदमा सुनाए ।

त्यसैगरि गत शुक्रबार मात्र सर्केगार्ड गाउँपािलकाको केन्द्र सर्केगार्ड बजारमा बाढीले वजार क्षेत्रको जमिन बगाएको उनले जनाएका थिए । यत्रो धेरै क्षेती भएको भएपनि क्षेती पुर्ती, राहात र पूनरनिर्माण कार्य गर्नेतर्फ कही कतैबाट प्रयास हुन नसकेकोमा उनले संसद मार्फत ध्यानाकर्षण गराएका थिए ।