नेपालगंज कोशेली मार्टको तेस्रो शाखा वाईपास रोडमा स्थापना

सि.टा समाचारदाता
सिमकोट । नेपालगंज बजारमा यसअघि दुई स्थानमा सेवा प्रदान गर्नै आएका नेपालगंज कोशेली मार्टको तेस्रो शाखा स्थापना भएको छ । नेपालगंज उपमहानगर– ४ को कारकाँदोको राधाकृष्ण मार्ग वाईपास रोडका सो मार्ट स्थापना गरिएको हो ।

उक्त क्षेत्रका उपभोक्ताहरुलाई नजिकैबाट सेवा प्रदान गर्नका लागि तेस्रो शाखा स्थापना गरिएको मार्टकी सञ्चालनक सकुन्तला भुषालले बताईन । सो क्षेत्रका उपभोक्ताहरु टाढाको बजार पुगेर दैनिक उपभोग्य सामानदेखि पेय पदार्थहरु खरिद गर्नु भन्दा घर छेउमा सबै सामान एउटै स्थानबाट खरिद गर्न सहज हो भन्ने उद्धेश्यका साथ मार्ट सञ्चालनमा ल्याईएको उनले बताईन । यसबाट उपभोक्ताहरुलाई सहज हुने र बजार कै मुल्यमा सामान पाईने ब्यवस्था मार्टमा गरिएको छ । घरमा आवश्यक सवै प्रकारका सामान मार्टमा पाईने ब्यवस्था गरिएको छ । मार्ट सञ्चालन गरिएको पहिलो दिन मै एक लाख भन्दा बढीको कारोबार भएको थियो । उपभोक्ताको आबश्यकताका आधारमा मार्टमा अन्य सेवा समेत बिस्तार गरिने भएको छ । यसअघि  नेपालगंज कोशेली मार्टको पहिलो शाखा पासाङ लामु रोड र त्यसपछि वाटर पार्कस्थित बिशाल चोकमा स्थापना भई हाल सञ्चालनमा रहेका छन् ।