सि.टा. समाचारदाता
सिमकोट । ऋति फाउण्डेसनले ‘नीति तथा शासनमा युवा’ फेलोसिपको लागि आवेदन खुला गरेको छ। कर्णालीका युवाहरूको नेतृत्व विकासका लागि फाउण्डेसनले कर्णाली प्रदेश सभासँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।
एक वर्ष अवधिको फेलोसिप कार्यक्रमले कर्णाली प्रदेशका २० देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरेको छ। उक्त फेलोशिप अन्तर्गत सहभागीहरूले कर्णाली प्रदेश सभाका सदस्यहरूसँग सहकार्य गरी प्रादेशिक विधायकी प्रक्रिया, सार्वजनिक नीति, र शासन प्रणालीका बारेमा व्यवहारिक ज्ञान आर्जन गर्ने अवसर पाउनेछन्।
यसका साथै फेलोसिपको अवधिमा सहभागीहरूले विधायकी मस्यौदा लेखन, सार्वजनिक नीति निर्माण, नीतिगत अनुसन्धान, र शासन सम्बन्धी अन्य महत्वपूर्ण सीप सम्बन्धी तालिम प्राप्त गर्नेछन्।
फेलोसिपका लागि पहिलो चरणमा ५० जना युवाहरूलाई छनौट गरी तीन दिनको तालिम सञ्चालन गरिने ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए। गौतमका अनुसार दोस्रो चरणको तालिमका लागि २५ जना छनौट हुनेछन् भने तेस्रो चरणका लागि १२ जना छनौट गरिनेछ।
विभिन्न प्रतिष्पर्धी अभ्यासबाट अन्तिम चरणमा पुगेका उनीहरूले कर्णाली प्रदेश सभा सदस्यहरूसँग ६ महिनासम्म ज्ञान सहायकको रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछन्।
अमेरिकी राजदूतावास नेपालको सहयोग र कर्णाली प्रदेश सभा सचिवालय तथा पुरक एशियासँगको सहकार्यमा ऋति फाउण्डेसनले उक्त फेलोसिप कार्यक्रम सञ्चालन गर्नेछ।
फाउण्डेसनले यसअघि सञ्चालन गरेको पूर्व व्यवसायिक संसदीय सहयोग कार्यक्रममार्फत कर्णाली प्रदेशका १२ जना युवाले प्रदेश सभा सदस्यहरूसँग ज्ञान सहायकको रुपमा काम गरिसकेका छन्।
उक्त फेलोसिपमा आवेदन दिनका लागि, इच्छुक युवा कम्तीमा स्नातक तह अध्ययनरत, कर्णाली प्रदेशको स्थायी बासिन्दा हुनुपर्छ। फेलोसिपका लागि आवेदन दिन चाहनेले २०८१ कार्तिक १४ गतेसम्म आवेदन दिनुपर्नेछ।
फेलोसिपले कर्णाली प्रदेशका युवाहरूलाई सार्वजनिक नीति र शासनमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने उद्देश्य राखेको छ।
समाचार
ताजा खबर
भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान
सि.टा. समाचारदाता
सिमकोट । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम...
देशका विभिन्न भागमा मध्यम र भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी...
वागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग
सि.टा. समाचारदाता
सिमकोट । दुर्गमको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग गरिएको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुर्याउन र अभिभावकको आर्थिक बोझ कम गर्नका...
कर्मचारीका लागि आचारसंहिता सार्वजनिक
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको छ...
पहिलो काम जिल्लामा शान्ति सुरक्षा कायम गरिने : नयाँ प्रजिअ गुरागाई
सि.टा. समाचारदाता
सिमकोट । नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा आफ्नो पहिलो काम शान्तिसुरक्षा कार्यम गर्नु रहेको बताएका...
आज देशका अधिकाँस भागमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन,...
सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि पौने दश करोड बजेटको ब्यवस्था
सि.टा. समाचारदाता
हुम्ला । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म र हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट ( विओपो ) भवन निर्माणका लागि...
अव भनुसनमा कर्मचारी सरुवा नहुँने
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ । लामो समयदेखि झाँगिँदै आएको...