सि.टा. समाचारदाता
सिमकोट । हाल जिल्लामा सञ्चालनमा रहेको रानीवन गोल्ड कपको फाईनलम सिमकोट गाउँपालिका– ५ कै मिस वाईज क्लव पुगेको छ ।
बुधबार सञ्चालन भएको दोस्रो सेमिफाईनल खेलमा विजेता बन्दै सिम वाईज क्लव फाईनलमा प्रवेश गरेको हो ।
चौथो रानीवन गोल्ड कपको दोस्रो सेमिफाईनल खेलबाट तल्लो गाउँको सिम वाईज क्लव फाईनलमा प्रवेश गरेको छ ।
तल्लो गाउँ सिम वाईज क्लवले ठेहे उदयमान युवा क्लव माथि बिजय हात पार्दै फाईनलमा प्रवेश गरेको हो । सेभेन ए साईटमा सञ्चालन भएको सो प्रतियोगिताको पहिलो हाफमा कुनै पनि गोल हुन नसके पनि खेलको दोस्रो हाफमा सिम वाईजका खेलाडी बिशाल रोकायाले दुई गोल र जीवन रावतले एक गोल गर्दै तीनका बिरुद सुन्ने अन्तरले बिजेता बनेर फाईनलमा प्रवेश गरेको हो । अव फाईनलमा सिम वाईज र तल्लो गाउँ राईजिड भिड्ने छन् ।
























