रानी वन गोल्ड कपको फाईनल प्रतियोगिता बिहीबार एघार बजेबाट हुने

सि.टा. समाचारदाता
सिमकोट । रानी वन गोल्ड कप फुटवल प्रतियोगिताको फाईनल खेल कातिक ८ गते बिहीबार बिहान एघार बजेबाट हुने भएको छ । प्रतियोगिता सिमकोटस्थित खेल मैदानमा सञ्चालन गर्ने तयारी आयोजक रानी वन युवा क्वलले तयारी गरेको हो ।
हाल जिल्लामा सञ्चालन भई रहेकोे रानीवन गोल्ड कपको फाईनलमा सिम वाईज क्लव  र तल्लो गाउँ राईजिङ युवा क्लव भिड्ने भएका छन् ।

दुवै टिमले बुधबार भएको सेमिफाईनल प्रतियोगितामा बिजेता भएपछि फाईनलमा आफ्नो स्थान पक्का गरेका हुन ।
सेमिफाईनलका दुवै बिजेता टिम फाईनलमा भिड्ने भएका हुन । कातिक ८ गते बिहीबार बिहान एघार बजेबाट प्रतियोगिताको फाईनल खेल सिमकोटस्थित खेल मैदानमा हुनेछ ।

बुधबार भएको पहिलो सेमिफाईनल खेलमा तल्लो गाउँ राईजिङ क्लवले रोयल एफसिलाईलाई ट्राईबेकरमा तीन एक गोल अन्तरमा बिजेता भएर फाईनलमा प्रबेश गरेको थियो । भने त्यसैगरि दोस्रो सेमिफाईनलमा सिम वाईजले ठेहे उदियमान युवा क्लवलाई निर्धारित खेलमा तीन सुन्ने गोल अन्तरबाट बिजेता भएर फाईनलमा प्रवेश गरेको हो ।

सेमिफाईनलमा बिजेता भएको दुवै टिम भोली हुने फाईनलमा आम्ने साम्ने हुनेछन् । चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिता कातिक २ गतेबाट सञ्चालन भएको हो प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिजेता टिमले पचास हजार नगद सहित कप, खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरि द्धितीया हुने टिमले तीस हजार नगद प्राप्त गर्नेछ ।