सि.टा साचारदाता
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ ।
यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको पनि उनले बताए।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ ।
यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भइ बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।
समाचार
ताजा खबर
नाम्खा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
आर्थिक वर्ष २०८२÷८३ का लागि...
बिहानैबाट कर्णाली करिडोरका खच्चामा सुख्खा पहिरोले सडक अबरुद्ध
सि.टा.समाचारदाता
हुम्ला । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ खच्चामा मङ्गलबार बिहानबाट सडक अबरुद्ध भएको छ । सो क्षेत्रमा सुख्खा...
एक तहमा चुनाव हारे तत्काल उम्मेदवार बन्न रोक
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले सङ्घ, प्रदेश तथा स्थानीय तहमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन...
कामको चापले नियत नभई भुलवस आफुले हाजिरी गरेको डाक्टर तिवारीको भनाई
सि.टा. समाचारदाता
हसिमकोट । हाल सामाजिक सञ्चालनमा आएको जसरी आफुले जथाभावी हाजिरी नगरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर उमाकान्त तिवारीले...
हुम्लाका चार वटा विद्यालयलाई एक सय वटा फुटबल सहयोग
स.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा एन्फाको सहयोगमा चार वटा विद्यालयलाई एक सय वटा फुटबल प्रदान गरिएको छ । विद्यालयमा फुटवल कार्यक्रम अन्र्तगत...
रास्वपा हुम्लाको सभापतिमा ऐडी चयन
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्लाको पहिलो जिल्ला भेलाको लक्ष्मण ऐडीको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको छ । एक दिने...
कैलाश मानसरोवरको दर्शनका लागि गएका भारतीय पर्यटकको मृत्यु
सि.टा समाचारदाता
सिमकोट। मानसरोवर कैलासको दर्शन गर्न जानु भएका एक जना भारतीय धार्मिक पर्यटकको मृत्यु भएको छ । रसुवााको केरुङ नाका हुदैं चीनको...
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेला उद्घाटन कार्यक्रम सम्पन्न र बन्द सत्र सुर
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला जिल्लाको पहिलो जिल्ला भेला शुक्रबारबाट सुरु भएको छ । उक्त पार्टीको नयाँ नेतृत्व चयन गर्ने...