राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेला उद्घाटन कार्यक्रम सम्पन्न र बन्द सत्र सुर

फोटो क्याप्सन :  रास्वपता हुम्लाको पहिलो जिल्ला भेलाको उद्घाटन सत्रका सहभागीहरु ।

सि.टा. समाचारदाता
सिमकोट ।       राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला जिल्लाको पहिलो जिल्ला भेला शुक्रबारबाट सुरु भएको छ । उक्त पार्टीको नयाँ नेतृत्व चयन गर्ने गरि उक्त भेला सुरु भएको हो ।
चार वर्ष अगाडी हुम्लामा स्थापना भएको रास्वपाको पहिलो जिल्ला भेला आयोजना गरिएको छ ।

उक्त पार्टीको जिल्ला भेलाको उद्घाटन सत्र सुरु भएको र त्यपछि हुने सुरु बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने सम्पन्न भएको हो । सो पार्टीका वर्तमान सभापति काम बिशेषले काठमाडौंतर्फ जानु परेको कारण उपसभापति ऐडीको अध्यक्षता र रास्वपा कर्णली प्रदेशका सदस्य बुदै बुढाको प्रमुख आथित्यमा उद्घाटन सत्र सुरु भएको हो ।

सो कार्यक्रममा नेपाली काँग्रेसका कावा सभापति कैलाश भणडरी ,एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, नेकपामा सचिव धर्मराज बोहराले जिल्ला भेलाको सफलताको शुभकामना दिदै नयाँको जोश र पुरानाको अनुभवबाट अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा रेडक्रमका प्रतिनिधि तीर्थराज रोकाया, उद्योघ बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, सामाजिक बिकासक ायाृलयका प्रमुख इश्वर बहादुर सिंह लगाएतले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अथिति बुढाले चार जनाबाट पार्टी गठन भएको रास्वपामा अहिले नवयुवाको ठुलो समुह उपस्थिती भएकोमा खुसी ब्यक्त गर्नै मात्तिने र आत्तिने कार्य नगर्न कायकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष ऐडीले राजनीति जनताको सेवाको लागि भएको कारण कसैमा ब्यक्तिगत स्वार्थ भए त्यो त्याग्न आग्रह गरे । कार्यक्रम मनोव बोहराले सञ्चालन गरेका थिए । प्रथम जिल्ला भेलाका लागि प्रत्येक वडाबाट दुई जना प्रतिनिधि र गाउँपालिका कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

भेलाको उद्घाटन कार्यक्रमपछि बन्द सत्र सञ्चालन हुने र त्यसले नयाँ नेतृत्व चयन गर्नेछ । उक्त पार्टीको आगामी नेतृत्वका लागि नौ जना आकांक्षीले आवेदन दिनु भएको छ ।