सि.टा. समाचारदाता
सिमकोट । आफ्नो मन्त्रालय सामुहिक मागलाई मात्र प्राथमिकतामा राख्ने पक्षमा रहेको कर्णाली प्रदेश सरकारकी जलश्रोत तथा उर्जा मन्त्री बिजय बुढाले बताएकी छन् । गृह जिल्लामा आएको बेला सर्केगार्ड गाउँपालिकाले उनलको सम्मानमा गरेको स्वागत कार्यक्रममा सो कुरा मन्त्री बुढाले बताएकी हुन ।
मन्त्री बुढाका लागि आयोजित सम्मान कार्यक्रममा दश वटै जिल्लामा नागरिकहरुलाई ब्यक्तिगत माग आफुलाई नल्याउन आग्रह गर्दै ल्याएको खण्डमा पनि पुरा गर्न नसकिने भएको हुँदा त्यस्ता मागहरु आफुलाई नल्याउनले उनले आग्रह गरिन । आवश्यकता असिमित भएको तर साधन र श्रोत सिमित भएको कारण ब्यक्तिगत र थोरै समुदाय लावान्भित हुने मागहरु पुरा गर्न नसकिने उनले बताईन । आफु अहिले मन्त्री भएपनि यस अघिको सरकारले तर्जुमा गरेको कार्यक्रम मात्र कार्यान्वयन गर्ने चरणमा रहेको कारण हाललाई कुनै पनि नयाँ मागहरु नल्याउन उनले आग्रह गरिकी छन् । ठुलो क्षेत्र र समुदाय लावान्भित हुने योजना वा मागहरु आए पुरा गर्न सकिने उनको भनाई रहेको थियो । यसअघिका सरकारले ब्यक्तिगत योजनाहरु बढी दिएको कारण आलोचना भई रहेको बताउदै उनले यसतर्फ आफु सचेत रहेको बताईन । हुम्ला जिल्लामा जलश्रोत तथा उर्जाका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको कारण ती कुराहरु आफु सरकारमा रहुन्जेल काम गर्दै जाने उनले बताई । यसअघि मन्त्री बुढालाई सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले खादा र फुलमाला लगाएर स्वागत गरेका थिए ।












