तीन वर्षका बालक बेपत्ता

बेपत्ता बालकको खोजीमा गएको प्रहरी सहितको टोली । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता

सिमकोट । एक जना तीन वर्षका बालक बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका –३ एक जना बालक सात दिनदेअि बेपत्ता भएका छन् ।
राया गाउँबाट अर्को गाउँ कारङ्ग जाने क्रममा ती बालक बेपत्ता भएका हुन । राया गाउँ निवासी लोकेन्द्र रोकायाको कान्छो छोरा  तीन वर्षका सदर रोकाया कातिक १४ गते आफ्नै घरबाट निस्केको र त्यसयता बेपत्ता भएका हुन । बालक बेपत्ता भएको दिनबाटै स्थानीय मिलेर खोजी कार्य जारी राखेको भएपनि हालसम्म भेटाउन सकिएको छैन् । घरबाट उतर तिरको काँरुगा गाँउजाने बाटोतिर निस्केपछि बालक बेपत्ता भएका हुन । घर परिवार सबै घरमा हुदा दिउसोको नास्ता पछि बालककी  आमा आईती रोकाया घाँस  काट्न गएको र आमालाई खोज्न जाँदा बालक हराएको अनुमान गरिएको बोहराले जानकारी दिए । बालक दिउसो तीन बजेबाट हराएका हुन । गाउँका सबै मिलेर खोजी गर्ने कार्य गरे पनि बालक हालसम्म भेटिएका छैनन् । हराएको दोस्रो दिनमा प्रहरीलाई जानकारी गराएको र प्रहरीले पनि खोजी कार्य जारी राखेको भएपनि हालसम्म भेटाउन सकिएको छैन ।