सि.टा. समाचारदाता
सिमकोट । मनसुन फिर्ता भएको कारण मौसम सफा हुने गरेको छ । त्यसैले यो मौसम भनेको नेपाली भूमी लाप्चाबाट मानसरोवर कैलाशको दुर दर्शन गर्ने उपयुक्त मौसम हो । पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट आँखा कै अगाडी तल मानसरोवर ताल र त्यसैको पृष्ठभूमिमा कैलाश पर्वत देखिन्छ । लाप्चाबाट पच्चीसदेखि तीस किलोमिटर दुरीमा मानसरोर रहेको छ भने सत्तरी किलो मिटर दुरी कैलाश पर्वत रहेको होला । साँच्चै त्यहाँ पुगेर मानसरोर कैलाशको दुरदर्शन गर्दा त्यस्तो रमाईलो बाताबरण बन्छ कि अब यताबाट कतै पनि जान नप।रोस भन्ने लाग्छ । अरु बेलाको मौसममा लाप्चा जाँदा मानसरोवर कैलाशको दर्शन गर्न सकिने निश्चित हुँदैन । किन भने वादल लाग्ने संभावना बढी भएको कारण यस्तो बेला मानसरोवर कैलाशको दर्शन नगरेरै फिर्ता हुनुको बिकल्प हुँदैन । अन्य समयमा लाप्चा पुगेको पर्यटकहरुले चारदेखि छ घण्टा कुरेर पनि दर्शन गर्न नपाएर फर्केका घटनाहरु पनि रहेका छन् । तर यति बेला भने टन्टलापुर घाम लाग्ने र मौसम सफा हुने गरेको कारण मानसरोवर कैलाशको दर्शन मज्जाले गर्न सकिन्छ । त्यसैले यतिबेला लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने संख्या हिजो आज बढी रहेको छ । दशैको बिदाको सदुपयोग गरेर धेरै आन्तरिक पर्यटकहरु लाप्चा जाने गरेका छन् ।
कसरी पुग्ने लाप्चा
हुम्लाको सदरमुकाम सिमकोटसम्म नेपालगंजबाट हजाई जहाजमा जानु पर्छ । त्यसपछि भने स्थानीय यातायातका साधनमा जान सकिन्छ । यसको बिकल्प पनि छैन । हिडेर जान नसकिने हाईन तर हिडेर जाँदा कम्तीमा पनि लाप्चा पुग्न पाँचदेखि छ दिन लाग्छ । त्यसैले सिमकोटबाट गाडीमा जानु नै उपयुक्त हुन्छ । यसरी जाँदा एक दिनमा सिमकोटबाट तुम्लिङ वा ताक्ची पुगिन्छ । त्यो रात त्यतै बस्नु पर्छ । पछिल्लो दिन बिहानै साँढे तीन घण्टा गाडीमा यात्रा गरि सकेपछि लाप्चा पुगिन्छ । जति बेला साढे आठ देखि नौ बजेको भए राम्रो । घाम लागेको भएपनि हावा लाग्यो भने चिसो भने हुन्छ । त्यसैले कपडा भने बाक्लै लिनु उपयुक्त हुन्छ । घाम लागेको बेला दर्शन गर्न निक्कै मजा आउछ । करिब दुई चार घण्टाको अवलोकन पछि लाप्चाबाट फिर्ता हुन सकिन्छ । त्यो दिन ताक्ची वा तुम्लिङमा वास वस्नु उपयुक्त हुन्छ । हुन त कोही सिमकोट फिर्ता पनि हुने गर्छन । तर त्यो दिन त्यसै बसेर लिमी हल्जी गाउँको एक हजार दई सय वर्ष पुरानो गुम्वा दर्शन गर्न पनि सकिन्छ । त्यो संगै हिमाली क्षेत्रको लिमी उपत्यकाको पनि अवलोकन गर्न सकिन्छ ।
कम खर्चमा लाप्चा पुगिदै
दुई वर्ष अगाडीसम्म सिमकोटबाट लाप्चा जाँदा दैनिक चालीस देखि पचास हजार रुपियाँ गाडी भाडा लाग्ने गथ्र्यो । अहिले त्यो अवस्था छैन । गाडीको संख्या बढेसंगै भाडा पनि घटेकोछ । लाप्चा जाँदा दैनिक बाईस हजारसम्म गाडी रिजर्भ गर्न सकिन्छ । त्यो पनि सात जनाको संख्या भए झन राम्रो । त्यसले गर्दा कम खर्चमा पनि लाप्चा पुग्न सकिन्छ । होटेलहरु पनि खासै महंगो छैनन । दुई छाक खाना र एक रात सुतेको नेपाली पर्यटकहरुलाई उक हजार नौ सय रुपियाँ होटेलले लिने गरेका छन् ।
बासको छैन समस्या
पहिलो लाप्चा जाँदा सवै आफैले ब्यवस्था गरेर जाने गर्नु पथ्र्यो तर अहिले त्यो अवस्था रहेन । त्यसैले पहिलो लाप्चा जान वासको समस्या हुने गथ्र्यो तर अहिले तुम्लिङमा होम स्टे र ताक्चीमा रिसार्ट सञ्चालनमा आएको कारण वास पनि आरामदायी नै हुने गर्छ । तीन दिनमा लाप्चाको यात्रा गर्न उपयुक्त हुन्छ । लाप्चा जाँदा मानसरोवर कैलाशको मात्र दुरदर्शन गर्न सकिने होईन । थय जंगली जनावरहरु पनि देख्न सकिन्छ । चौरीका खर्कमा दुध, दही, छुर्पी , चिज लगाएतका परिकार पनि खान पाईन्छ । चौरीको बथानसंग मनाउने अवसर पनि मिल्छ ।












