पूर्वमन्त्री राजीव गुरुङ(दीपक मनाङे) पक्राउ

सि.टा. समाचारदाता

सिमकोट । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ(दीपक मनाङे) पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका मनाङे मंगलबार काठमाडौँबाट पक्राउ परेका हुन् ।

उनलाई आज सानो भर्य ाङबाट पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको स्रोतले जनाएको छ । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ । उच्च र सर्वोच्चले मनाङेलाई दोषी ठहर गरेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।