बालमन्दिरमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता

सि.टा.समाचारदाता
सिमकोट । शुक्रबारका बालमन्दिर माध्यामिक विद्यालयमा माध्यमिक तह स्तरीय अन्तर सदनात्मक सामान्य ज्ञान तथा बौद्धिक परीक्षण सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता सञ्चालन भएको छ । विद्यालय गर्नु पर्ने शुक्रबारीय अतिरिक्त कृयाकलाप अन्र्तगत सो प्रतियोगिता आयोजना विद्यालय गरेको हो ।

प्रतियोगितामा हिल्सो सदन प्रथम, रामपाल सदन द्वितीय र कालाशिल्ता सदन तृतिय भएका छन् ।
उक्त प्रतियोगितामा पाँच वटा सदनको सहभागिता रहेको थियो । प्रत्येक सदनबाट दुई जना छात्र र दुई जना छात्रा गरि चार चार जनाले सहभागिता जनाएका थिए ।

हाजिरीजवाफमा ५० वटा प्रश्न सामान्य ज्ञानबाट र ५० वटा प्रस्न बौदिक परीक्षणबाट गरि जम्मा एक सय वटा प्रश्न सोधिएका थिए । प्रतियोगितामा बिजेता सदनका छात्राछात्रहरुलाई पुरस्कार पछि प्रदान गरिने छ ।