उपनिर्वाचनका लागि आयोगद्धारा स्थानीय तहलाई निर्देशन

सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई सडक संरचनाको साथै सवारी साधनहरु मर्मत गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । सोमबार आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहलाई निर्देशन दिइएको जानकारी दिएकी हुन् ।
निर्देशनमा सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।