सिमकोटमा योग शिबिर सञ्चालन

सञ्चार समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटमा पतान्जली योग शिबिर सुरु भएको छ । पतान्जली योग समिति अन्र्तगतमा पतान्जली महिला समितिको आयोजनामा सञ्चालन भएको हो ।
प्राकृतिक चिकित्सा पद्धतीलाई दुर दराजमा पुर्याउनका लागि शिबिर सञ्चालन गर्नु परेको पतान्जली महिला समितिका उपाध्यक्ष अर्चना घिमिरेले बताईन । योग शिबिरको शनिबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको थियो । योगा भने आईतबार बिहान सात बजेबाट डेढ घण्टाका लागि सञ्चालन भएको छ । शिबिर जिल्ला समन्वय समितिमा सञ्चालन हुनेछ । स्वस्थ्य रहनका लागि योग शिक्षा समेत अति आवश्यक रहेको बताउदै उनले यसबाट फाईदा लिन आग्रह गरिन । यो योग शिबिर एक हप्तासम्म सञ्चालन हुनेछ ।