लोग भण्डारी
सिमकोट । स्वास्थ्य सेवा कार्यालयले गाउँपालिकाको समन्वयमा कोरोना बिरुद्धको बुष्टर खोप लगाउने अयिान सुरु भएको छ । कोरोना बिरुद्ध दोस्रो बुष्टर खोप लगाएर लागि यतिबेला जिल्लाभर अखोप अभियान सञ्चालन गर्दा सेवाग्राहीको भीड लाग्ने गरेको हो ।
यता अदानचुली गाउँपालिका– २ का जंगबहादुर रोकायाले कोरोना बिरुद्धको तेस्रो खोप लगाउने काम भएको बताउदै खोप लगाउन सेवाग्राहीहरुको भीड लाग्ने गरेको बताए । छोटो अवधिको जानकारी भएपछि खोप लगाउन स्थानीय बासिन्दाहरु उत्साहका लागि आई रहेको उनको भनाई छ ।
सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले सेवाग्राही अनुसार कोरोना बिरुद्धको भ्याक्सिन नपाएको भएपछि उपलब्ध भएको भ्याक्सिन आठ वटै वडामा लगाउने कार्य भई रहेको र सेवाग्राहीहरु खोप लगाउन आउने संख्या बढी रहेको बताए । उनले बाह्र वर्षका माथिका सेवाग्राहीको संख्या आफ्नो गाउँपालिकामा बढी नै भएपनि भ्याक्सीन कम हुने चिन्ता ब्यक्त गरे । जिल्ला अस्पतालकी प्रमुख चिकीत्सक प्रतिक्षा भारतीले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कर्णाली प्रदेशको आपुर्ती ब्यवस्थापन महाशाखा मार्फत एक हजार ८६८ भाईल कोरोना बिरुद्धको भ्याक्सिन जिल्लामा आएको र महाशाखाले उपलब्ध गराएको तत्थ्याङ्क अनुसार गाउँपालिकालाई भ्याक्सिन बितरण गर्ने कार्य भएको बताईन । अस्पतालमा उपलब्ध भएको जम्मा भ्याक्सिन मध्य नाम्खा गाउँपालिका दुई सय भाईल, सिमकोट गाउँपालिकालाई ५१७ भाईल, खार्पुनाथ गाउँपालिकालाई तीन सय भाईल, चङ्खेली गाउँपालिकालाई२६८ भाईल, अदानचुली गाउँपालिकालाई ३५० भाईल र ताँजाकोट गाउँपालिका २४७ भाईल भ्याक्निस प्रदान गरिएको छ । एउटा भाईलमा छ डोज हुने गर्छ । उहाँले जिल्लाभर कोरोना बिरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको र यो काम आगामी मङ्सीर १६ गतेसम्म सञ्चालन हुने बताउनुभयो । यो भ्याक्सिनबाट ११ हजार २०८ जना सेवाग्राही लावान्भित हुनेछन् ।












