सि.टा. समाचारदाता
सिमकोट । पुर्व मन्त्री जीवन बहादुर शाही माथि अख्तियारले राजनीतिक प्रतिशोध पुर्ण किसिमको भएको नेपाली काँग्रेस हुम्लाले ठहर गरेको हो । एक दिन अगाडी बिशेष अदालतबाट मन्त्री शाहीले सफाई पाएबाट यसको सबै कुरा सार्वजनिक भएको समेत काँग्रेसले जनाएको छ ।
शुक्रबार एक प्रेश बिज्ञप्ती प्रकाशन गरेर नेपाली काँग्रेस हुम्लाले मन्यालयका अन्य मन्त्रीहरुलाई समेत आरोपी नवनाएर कर्णाली प्रदेशका पुर्वमुख्य मन्त्री शाहीलाई मात्र आरोपित बनाउनुले पनि अख्तियार कतिसम्म राजनीतिबाट प्रतिशोधी रहेको छ भन्ने कुरा अदालतको फैसलाले प्रष्ट पारेको उल्लेख गरिएको छ ।

अदालतको फैसलाबाट नेता शाहीको जित भएको र न्याय पाएको बिज्ञेप्तीमा उल्लेख गर्दै न्यायलय प्रति उच्च सम्मान समेत काँग्रेसले गरेको छ । त्यसैगरि बिज्ञेप्तीमा अख्तियार जस्तो संवैधानिक निकायले सवोच्च अदालतको फैसला र प्रमाणलाई नदेखे झै गरि हचुवाको भरमा मुद्धा दर्ता गर्दा आयोगको बिस्वसनीयता माथि नै आशंका उव्जिएको कुुरा उल्लेख गरिएको छ ।
त्यसैगरि आयोग असम्बेदनशिल बनेर कसै माथि प्रतिशोध पुर्ण किसिमले गरिएको ब्याख्यालाई अदालतबाट यस विषयको निराकरण गरि दोषीलाई कारवाही र निर्दोशलाई न्याय दिएको कुरा पनि उल्लेख गरिएको छ ।
त्यसैगरि त्रेता युगमा सीतालाई झै काँग्रेस कार्य सम्पादन समितिका सदस्य समेत रहेका शाहीलाई अग्नीमा होमिन लगाए पनि उने निर्दोष सावित भएकोले तमाम काँग्रेसजनको शिर ठाडो भएको समेत उल्लेख गरिएको छ ।
















