हातहातमा मैन बत्ती बालेर बिश्व मानव अधिकार दिवस हुम्लामा मनाईयो

७६ औ बिश्व मानव अधिकार दिवस हातमा मैनबत्ती बालेर मनाईदै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । ७६ औ बिश्व मानव अधिकार दिवस हुम्लामा सहभागीहरुे हातहातमा मैनबत्ती बालेर मनाईएको छ । नेपाल मानव अधिकार संगठन हुम्ला शाखाको आयोजनामा दिवस मनाईएको हो ।

सदरमुकाम सिमकोटस्थित लोकतन्त्र चोकमा दिप प्रज्वलन गरेर ७६ औ बिश्व मानव अधिकार दिवस मनाउने कार्य भएको संगठनका कोषध्यक्ष छपाल लामाले बताईन । सडकमा मानव अधिकारी दिवस लेखेर मैन बत्ती अथितिहरुले हात हातमा बाल्दै दिवस मनाउने कार्य भएको हो ।

दिवस मनाउने क्रममा दलहरुका तर्फबाट नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहराले मानव अधिकारको न्यूनतम सर्तहरु पालन गर्ने कार्यमा सबै लाग्नु पर्ने बताए । बिश्व मानव अधिकार दिवस मनाउने क्रममा सबै वर्ग, क्षेत्र र समुदायले मानव अधिकारका प्रत्याभूति गर्न पाउनु पर्ने उनले बताए ।

मानव अधिकार संगठन हुम्लाका अध्यक्ष राजन रावतले मानव अधिकारको संरक्षण र संम्वद्र्धनमा सवैलाई लाग्न आग्रह गरे । यो निक्कै सम्वेदनशिल कुरा भएको कारण मानव अधिकारीको प्रत्याभूति राज्यवाट हुने पर्ने उनले बताए ।

कार्यक्रममा काँग्रेस कावा सभापथि कैलाश भण्डारी उपसभापति बसन्त रोकाया, माओवादीका सचिव बोहरा, राप्रपा अध्यक्ष बिकास महत , संगठनका पुर्व अध्यक्ष जयदेवी शाही लगाएतको उपस्थिती रहेको थियो । जिल्लामा पहिलो पटक बिश्व मानव अधिकार दिवस मनाईएको हो ।