कप्तान रोहितकाे चितवनलाई १ सय ६८ रनको लक्ष

सि.टा समचारदाता
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको खेलमा चितवन राइनजोले १ सय ६८ रनको लक्ष्य पाएको छ।

प्रतियोगितामा पहिलो जितको खोजिमा रहेको लुम्बिनीले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो। जारी एनपिएलमा सर्वाधिक कम इनिङमा २०० रनको आँकडा पुरा गर्ने खेलाडी बनेका रोहित प्रतियोगितामा दोस्रो अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने।
उनी अघि दुई पटक अर्धशतक प्रहार गर्ने रभि बोपरा रहेका थिए। रोहितको यो प्रतियोगितामा दोस्रो अर्धशतक हो।

उनले ८० रनको इनिङ खेलेसँगै कुल २ सय ६१ रन बनाएक छन्। उनी प्रतियिगतामा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। रोहितले लगतार विकेट गुमाएको लुम्बिनीलाई समाले उनलाई पाँचौ विकेटका लागि सादबिन जफारले राम्रो साथ दिए।

जफार र रोहितले पाँचौ विकेटका लागि १ सय १४ रनको साझेदारि गरे। रोहित ५७ बलमा६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भए। त्यस्तै साद बिन जफरले ३५ बलमा ४ चौका र १ छक्का बनाएर अन्तिम बलमा आउट भए।
यी दुई बाहेक अर्जुन साउदले १० रन बनाउँदा टोम मोर्सले १० रन बनाए। चितवनका लागि रिजन ढकालले २ विकेट लिंदा कुशल मल्लर रन्जित कुमारले १-१ विकेट लिए।