सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटको बजार क्षेत्रमा सवैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुसा) सिमकोट गाउँपालिकाले वास युनिट मार्फत वास मार्ट स्थापना गर्न सहजिकरण गरेको छ ।
सरसफाईका सामाग्रीहरु एउटै स्थानबाट सर्वसुलव किसिमले सेवाग्राहीले खरिद गर्न पाउन भन्नका लागि वास मार्टको स्थापना गरिएको हो । आयोजना लागु भएको सिमकोट गाउँपालिका भित्रका सेवाग्राहीहरुले सरसफाई तथा स्वच्छताका सामाग्रीहरु एउटै स्थापनामा पाउनका लागि वास मार्ट स्थापना गरिएको सिमकोट गाउँपालिका वास संयोजक धुर्ब कुमार शाहीले बताए ।
जसमा नङ कटदेखि सेनिटरी प्याड, खानेपानी योजना निर्माणका सामाग्री शौचालयका सामानहरु सिमकोटस्थित काटेचुलीमा स्थापना भएको नवनिर्माण हार्डवयेर एण्ड अर्डर सप्लायर्समा ती सामाग्री पाउने ब्यवस्था गरिएको छ । सरसफाईका लागि केही सामाग्रीहरु समेत आयोजनाले नमूनाका रुपमा सो मार्टमा राख्ने कार्य गरेको छ ।
त्यसैगरि समुदाय स्तरमा पनि आयोजनाका कर्मचारीहरुले वास मार्टको प्रचार प्रसार गर्ने कार्य गर्नेछन् भने आयोजनाले समुदायमा सरसफाईका क्षेत्रमा काम गर्दा आवश्यक पर्ने सामाग्रीहरुको सो मार्टबाट खरिद गर्न पनि सिफारिस समेत गर्नेछन् । मार्टमा सामाग्रीको क्याटलक पनि सप्लायर्सलाई आयोजनाले उपलब्ध गराएको छ ।
त्यसमा सरसफाई स्वच्छता सामाग्रीको मुल्यसुचि समेत राख्नु पर्नेछ । यो क्याटलक पनि आयोजनाले उपलब्ध गराएको छ । सो मार्ट स्थपना गर्नका लागि सरसफाई बजारकिरण अधिकृत विना बिष्ट र हुम्ला जिल्लाका वास सल्लाहाकार राज कुमार डाँगीले उपस्थिती रहेको थियो । मार्टका संचालक सुर्य रावतले सरसफाईका सबै प्रकारका सामाग्रीहरुमा छुटको ब्यवस्था गरिने बताए ।












