सुनको मूल्य स्थिर

सि.टा समचारदाता

साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य स्थिर रहेको छ। कारोबारको अघिल्लो दिन प्रतितोला १५४२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १५४२०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १९२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।