पुर्वमुख्य मन्त्री शाहीद्धारा सिमकोट टाईम्स अनलाईन संस्करण औपचारिक उद्घाटन

उदघाटन गर्दै पुर्बमुख्यमन्त्री शाही । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री एवं नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सिमकोट टाईम्सको अनलाईन संस्करणको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

यसअघि परिक्षणका रुपमा रहेको सिमकोट टाईम्सको अनलाईन संस्करण अब औपचारिक रुपमा प्रकाशन भएको छ । सदरुकामस्थित होटेल बिजयमा एक कार्यक्रमका बिच औपचारिक रुपमा पुर्वमुख्यमन्त्री शाहीले सिमकोट टाईम्सको उद्घाटन गर्ने गरेका छन् ।

यसअघि २०६९ सालबाट सिमकोट टाईम्स साप्ताहिक पत्रिकाका रुपमा प्रकाशन हुँदै आएको थियो । गत भदौ२८ गतेबाट सिमकोट टाईम्सको अनलाईन संस्करण सुरु भएर परिक्षणका रुपमा प्रकाशन हुँदै आएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे,नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामा, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा, नेपाली काँग्रेस कर्णाली प्रदेशकार्य समितिका सदस्य जयपति रोकाया,

नेपाली काँग्रेस उपसभापति कैलाश भण्डारी, सल्लाहाकार सम्पादक बसन्त रोकाया, नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, प्रहरी निरीक्षक सरोज कँडेल, काँग्रेस कोषाध्यक्ष बबिता शाही, खानेपानी, उर्जा तथा जलश्रोत

बिकास कार्यालय प्रमुख ज्वालाराज शाही, पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसी लगाएतका ब्यक्त्हिरुको उपस्थिती रहेको थियो ।