कर्णाली करिडोरको घुम्वा सडक निर्माण यथार्थ नबुझि समाचार र सामाजिक सञ्जालमा आएको बिबरणको बिज्ञप्ती मार्फत निन्दा

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्तर्गत सिमकोट स्याम्ने खण्डको सडक निर्माण कार्यको विवादलाई सामाजिक सञ्जाल र समाचारमा अनावश्यक भ्रम सिर्जना हुने गरी आएका कुराहरुको घोर भत्र्सना गर्दै सत्य तथ्य नबुझी नलेख्न सजग र सचेत रहन आग्रह गर्दै सिमकोट गाउँपालिका– ५ निवासी बसन्त रोकायाले बिज्ञप्ती निकालेका छन् ।

बिज्ञप्तीमा भ्रम र सत्य बुझ्न, थाहा पाउन अनुरोध समेत गरिएको छ । बिज्ञप्तीमा हाल निर्माणाधीन सडक (डि पि आर) अनुसार नखनेको भन्दै सिमकोट वडा नं ५ र ६ का जनता र जग्गाधनीहरुले विगत लामो समयदेखि विरोध गर्दै आएको, सडक निर्माण कार्यबाट जग्गाधनीहरुलाई क्षति पर्न आएमा सो क्षतिबारे सम्बन्धित निकायमा कारबाही चलाउन सकिने र

व्यक्तिको सम्पतिको हकलाई सम्मान गरी त्यसतर्फ समुचित निर्णय गर्नुपर्ने सर्वोच्च अदालतको २०७७ असार १८ गतेको आदेश हिल्सा सिमकोट सडक आयोजना कार्यालयले कार्यान्वयन नगरेको र अंक कवीन्द्र माउन्टेन जेभी को अख्तियार प्राप्त ठेकेदार अर्जुन महताराले २०८१ बैशाख ३० गते सिमकोट वडा नं ५ का वडाध्यक्ष चिन रावतको अध्यक्षतामा बैठक बसी जग्गा धनी र सरोकारवालासँग गरेको बोलकबोल र सम्झौता कार्यान्वयन नगरी प्रभावित जग्गाधनीहरुलाई ठग्दै र झुक्याउँदै आएको उल्लेख गरिएको छ ।

सदरमुकाम सिमकोट वडा नं ५ र ६ का जनता सधै विकासका पक्षधर हुन् । विकास निर्माण कार्यहरुमा सहयोग र सहकार्य गर्दै आइरहेका छन् । हाल निर्माणाधीन सिमकोट स्याम्ने सडक खण्डमा पनि जग्गाहरु सडक निर्माणका लागि खन्न दिएका छन् । व्यक्तिगत रुपमा मेरो पनि ३ (तीन) वटा जग्गा सो खण्डको सडक निर्माणका लागि सहर्ष दिएको रोकायाले आफ्नो बिज्ञप्तीमा उल्लेख गरेका छन् ।