स्वास्थ्य चौकीबाट स्मार्ट हेल्थ सेवा सुचारु

स्वास्थ्य चौकीकाट स्मार्ट हेल्थ सेवाको शुभारम्भ गर्दै पुर्वमुख्यमन्त्री शाही । तस्बिर ः सि.टा.

सि.टा समाचारदाता
सिमकोट । दुर्गमका एउटा स्यास्थ्य चौकीबाट स्मार्ट हेल्थ सेवा सुचारु भएको छ । दुरदराजका सेवाग्राहीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच तथा स्वास्थ्य सेवा सुधारका लागि यो सेवा सुचारु गरिएको हो ।

कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले एक कार्यक्रमका बिच स्मार्ट हेल्थ ( टेलि हेल्थ ) सेवाका शुभारम्भ गरेका छन् । खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा स्वास्थ्य चौकीले स्मार्ट हेल्थ ग्लोवल अष्ट्रेलियाको सहकार्य र काठमाडौंका चिकीत्सकहरुको प्राविधिक सहयोगमा यो सेवा निशुल्क रुपमा प्रदान गरिएको छ ।

दुर्गमका सेवाग्राहीले स्मार्ट हेल्थ सेवा पाउन थालेपछि अब बिरामीहरुलाई खर्च पनि नहुने र अन्यत्र जान पनि नपर्ने भएको उनले बताए । यो सेवा गुणस्तरीय रुपमा सुचारु गर्न इन्टर नेट र बिधुतको अति आवश्यक पर्ने र त्यो ब्यवस्थाका लागि गाउँपालिकालाई आग्रह उनले गरे ।

हप्तामा आईतबार र बुधबार काठमाडौंबाट तीन जना चिकीत्सकहरुले अनकलमा बिरामीको उपचारका सघाउने छन भने अन्य बारमा २६ जना चिकीत्सकहरुले चौबीसै घण्टा सेवा दिन सुचारु हुनेछ । यो सेवाका लागि मुख्य सिईओ अष्ट्रेलियामा बसेर सेवा गर्नु हुनेछ ।

स्वास्थ्य चौकीमा आएका बिरामीहरुको अवस्थाका बारेम स्वास्थ्यकर्मीहरुले अनलाईन मार्फत चिकीत्सकहरुलाई जानकारी गराईनेछ र चिकीत्सकले त्यसपछि बिरामीको बारेमा सिधै जानकारी लिनु हुनेछ । अनलाईनबाट चिकित्सकले दिएका परामर्सका आधारमा स्वास्थ्य चौकीले औषधी निशुल्क रुपमा उपलब्ध गराउने छन् ।

यो सेवाबाट बिशेष गरि ओपिडीमा आएका बिरामीहरु गर्भवती, दुई वर्ष मुनिका बालबालिका, पोषण, खोप लगाउने बालबालिका बढी लावान्भित हुने खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले बताए । यस पटक सेवा लिई सकेका बिरामीहरुले पून नाम इन्ट्रि नगरिकन सेवा लिन पाउनु हुनेछ ।

यसका लागि बार्षिक गाउँपालिकाले एक लाख पचास हजार रुपियाँ तिर्नु पर्नेछ भने अन्य खर्च भने स्मार्ट हेल्थ ग्लोवलले ब्यहोर्ने छ । यो प्रबिधि सञ्चालनका लागि छ जना स्वास्थ्यकर्मीहरुलाई तालिक पनि प्रदान गरि सकिएको छ । यो सेवा कर्णाली प्रदेश मै पहिलो पटक पाईलट प्रोजेक्टका रुपमा सुरु भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको पनि उपस्थिती रहेको थियो ।