सि.टा समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव शुक्रबारबाट गर्ने भएको छ । साँस्कृतिको जर्गेना गर्न र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न यो महोत्सव गर्न लागिएको हो ।
धेरै थरिका पुराना साँस्कृति भएको अदानचुली गाउँपालिकामा त्यसलाई बाहिर ल्याउन, संरक्षण र प्रर्बद्धन गर्नका लागि यो महोत्सव पुस ५ र ६ गते गाउँपालिका केन्द्रमा गर्न लागिएको गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले जानकारी दिए । महोत्सवको उद्घाटन कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले गर्ने कार्यक्रम तय गरिएको छ ।
महोत्सवमा देउडा गीत प्रतियोगिता, हुड्के तथा बाजा नाँच, मौलिक कला र साँस्कृतिको प्रर्दशनी , राष्ट्रिय कलाकारद्धारा कला प्रस्तुती समेत गरिने छ । त्यसैगरि प्रत्येक वडाबाट मागल, चाँड्ची, फाग, बालो चम्पा, फुर्को नाँच, ढाल तरवार नाँच र बाक्टे नाँच प्रस्तुती गरिने छ ।
त्यसैगरि परबहादुर थापा, बनकला सन्ज्याल, अम्रित कुमार अनमोल र विपना सिंहले देउडा गीत गाउने छन् । महोत्सव गाउँपाकिलाको आयोजना गर्न लागिएको हो ।
























