याे बर्षकाे दाेस्राे पटक हुम्लामा हिमपात

फाेटाे क्याप्सन हिमपात हुदैगर्दाकाे सिमकाेट तस्विर : सि.टा

सि.टा समचारदाता
हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो ।  सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।

चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भयकाे हाे । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चाला लगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस तीन डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ ।