सिमकोटको तापक्रम माईनस छ डिग्रीे

सि.टा. समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट तापक्रम अहिले पौनेसम्म माईनस छ डिग्री सेल्सियसमा झरेको छ । मंगलबार बिहानैबाट हिमपात भई रहेको कारण चिसो एक्कासी बढेसंगै तापक्रम माईनसमा झरेको हो ।

सिमकोट बजारवासी लोग भण्डारीले राती पौने आठ वजे तापक्रम माईनस छ डिग्री भन्दा तल झरेको बताए । उनले दिनभर हिमपात भएसंगै चिसो बढेको र तापक्रम माईनसमा रहेको उनले बताए ।

राती छिपिएसंगै माईनस तापक्रम बृद्धि हुँदै जानेछ । सिमकोटमा अहिले पनि हल्का हिमपात भई रहेको छ । तापक्रम माईनस भएपछि चिसो भने एकदमै बढेको छ । यसले गर्दा मानिसहरु घर बाहिर हिडडुल गर्न छोडेपछि सिमकोट बजार आठ नवज्दै सुनासान हुँदै गएको छ । यो माईनस तापक्रम यसवर्ष कै  सवै भन्दा बढी रहेको हो ।