सि.टा. समाचारदाता
सिमकोट । धार्मिक तथा एतिहाँसीक महत्व बोकेको खार्पुनाथ गाउँपालिका– ५ को शिवालय क्षेत्रका पुर्वाधार बिकासका संरचनाको निर्माण कार्य म्पन्न भएका छन् । शिवालय क्षेत्रका संरचनाहरुको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सम्झौताको आधा भन्दा पनि कम रकम भुक्तानी पाउदा पनि निर्माण कार्य समय मै सम्पन्न गरेको हो ।
काम सकिएको पनि धेरै रकम स्थानीयका उधारो तिर्न बाँकी भएपनि शिवालय क्षेत्रका संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको निर्माणको जिम्मा पाएको धर्म एस ज्याङछ्युप जेभीका स्थानीय प्रतिनिधि कृष्ण बहादुर हमालले बताए
गाउँपालिकासंग भएको सम्झौता अनुसार शिवालय क्षेत्रका सवै संरचनाको निर्माण कार्य आधा रकम भुक्तानी पाउदा पनि सम्पन भएको छ । ती संरचनाहरुको निर्माण कार्य सुचारु गर्नका लागि खार्पुनाथ गाउँपालिकासंग २०७८ साल भदौ २१ गते निर्माण कम्पनीसंग सम्झौता भएको थियो ।
सम्झौतामा २०८१ साल मंसीर ३० गते सम्पन्न गर्ने उल्लेख भएको र सोही मिति भित्र संरचनाहरुको निर्माण कार्य पुरा भएको थियो । यसका लागि चार करोड ९३ लाख ३८ हजार ३६८ रुपियाँ लागत लाग्ने गरि सम्झौता भएको थियो । सो रकम मध्य हालसम्म निर्माण कम्पनीले दुई करोड पन्द्र लाख ९३ हजार रुपियाँ मात्र भुक्तानी पाएको र बाँकी दुई करोड ७७ लाख ४५ हजार ३६८ रुपियाँ भुक्तानी लिन बाँकी रहेको छ ।
भुक्तानी लिनु पर्ने समय मै पाएको भए निर्माण कार्य सम्झौता मिति भन्दा अगाडी नै सक्ने भएपनि भुक्तानी कै कारण ढिलो गरि काम सम्पन्न गर्नु परेको होे । निर्माण कार्यका लागि सम्झौता गरेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले तीस प्रतिशत गाउँपालिका र सत्तरी प्रतिशत पर्यटन मन्त्रालयबाट लागत ब्यहोर्ने गरि सम्झौता भएको भएपनि गाउँपालिकाले अधिकाँस बजेट दिई सकेको र अब मन्त्रालयबाट आउने बजेट आउन बाँकी रहेको कारण यो समस्या देखिएको बताए ।
शिवालय क्षेत्रका भौतिक संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको फोटो र आवश्यक कागजात मन्त्रालयमा पठाई सकिएको कारण अब चाँडै बजेटको ब्यवस्था हुने आशा उहाँले ब्यक्त गर्नुभयो । उहाँले निर्माण कम्पनीले इमान्दारिताका साथ काम गरेको र अव बाँकी भुक्तानी रकमको निकासाका लागि ताकेतामा गाउँपालिका लागेको छ ।
यसबाट कर्णाली नदी किनारमा ग्याविल वाल, चौर सम्याउने, शिव मन्दिरलाई घेरवार गर्ने, नदीको किसारमा रेलिङ लगाउने, गेट निर्माण, मसान घाट, बाटो निर्माण ( पिच) शिव मन्दिर स्थापना गर्ने, दोजाम कर्णाली नदीको टापुमा पार्क निर्माण र शिब मन्दिर निर्माण गर्र्ने कार्य गरिएका छन् ।












