हुम्लामा पूनः हिमपात ( फोटो फिचर )

फोटो क्याप्सन सरदुमकाम सिमकोटमा भई रहेको हिमपातको दृश्य । तस्बिर ः लोग भण्डारी , हुम्ला

लोग भण्डारी
सिमकोट । हिमाली जिल्ला हुम्लामा यस वर्षको तेस्रो हिमपात भएको छ । शनिबार शिहान २ वजेबाट जिल्लाभर हिमपात सुरु भएको हो ।

यस वर्षको तेस्रो पटक हिमपात सुरु भएको छ । बिहानैबाट सुरु भएको हिमपात यतिबेलासम्म जारी रहेको र जमिन जताततै सेताम्मे देखिने गरेको छ ।

जमिनमा एक फिट हिउ जमेको छ र हिउ पर्ने कार्य जारी रहेको छ । हिउ पर्ने कार्य जारी रहेको कारण यो हिउ धेरै पर्ने देखिएको छ । चिसो भने बढेको छ ।

बाक्लो हिउ परि रहेको कारण मानिसहरु घर बाहिर आउजाउ निक्कै कम देखिएका छन् । पशु बस्तु समेत गोठमै राखिएका छन् । यातायातका साधन बन्द भएका छन् भने हवाई सेवा पनि बन्द भएको छ ।