हिमपातमा फसेका लामाको प्रहरीद्धारा उद्धार

फोटो क्याप्सन हिउमा फसेका लामाको उद्धार गर्दै प्रहरी । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । एक जना हिमपातमा यात्रा गर्ने क्रममा अलपत्र परेका यात्रुको प्रहरी चौकी याल्वाङले उद्धर गरेको छ । नाम्खा गाउँपालिका– ४ को ढाँडकेर्मीबाट याल्वाङ जादै गरेका पुरुष यात्रुलाई सल्लावाट प्रहरीले उद्धार गरेर आफन्तको जिम्मा लगाउने कार्य गरेको हो ।

सल्ली खोलामा हिमपातमा फसेका नाम्खा गाउँपालिका– ४ का ६५ वर्षका तुन्दुक लामाको उद्धार गरेर आफन्तको जिम्मा लगाउने कार्य भएको प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिए । उनलाई पुस १४ गते बेलुका सवा चार वजे उद्धार गरिएको थियो ।

प्रहरीले निज लामालाई हिउमा पल्टिएको अवस्थामा उद्धार गरेको थियो । लामा हिमपातका फसेको खवर प्रहरी चौकी याल्वाङलाई आएको थियो । खवर अनुसार प्रहरी चौकीकाट प्रसनी शाहीको नेतृत्वमा चार जना प्रहरी लामा फसेको स्थानमा पुगेर स्टेचरमा लगेर स्वास्थ्य चौकीमा लगेर उपचार गरिएको थियो ।

उपचारपछि निज लामालाई ज्वाई नाता पर्ने लालबहादुर तामाङको जिम्मा लगाईएको थियो । प्रहरीले यसरी उद्धार नगरेको भएपनि हिमपातमा लामा चिसोले कठ्याङ्ग्रीने अवस्था रहेको थियो ।