तीन वटा सरकारी कार्यालयले सार्वजनिक सुनुवाई गर्दै

सि.टा.समाचारदाता

सिमकोट । जिल्लाका तीन वटा सरकारी कार्यालयहरुले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने भएका छन् । आर्थिक वर्ष ०८०।०८१ देखि हालसम्म ती कार्यालयहरुले सम्पादन गरेका कार्यक्रमका बारेमा सेवाग्राहीलाई जानकारी गराउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गर्न

लागिएको हो । आव ०८०।०८१ देखि पुस १५ गतेसम्म कार्यालयहरुले सेवाग्राहीका लागि सम्पादन गरिएका कामको लेखाजोखा गर्न पुस १८ गते दिउसो १ बजे सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

जिल्ला समन्वय समितिमा आयोजना गर्न लागिएको सो कार्यक्रम जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय र मालपोत कार्यालयको सम्युक्त आयोजनाका कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा तीनै कार्यालयहरुले हालसम्म गरेका कामहरुको प्रगति बिबरण प्रस्तुती गर्ने छन् भने सेवाग्राहीहरुले आफुलाई लागेको कुरा राख्न पाउने ब्यवस्था गरिएको छ ।

कार्यक्रममा अन्य सेवा प्रदायक कार्यालयलाई पनि बोलाईएको छ । ती कार्यालयहरुका बारेमा सहभागीहरुले जिज्ञासा राख्ने ब्यवस्था गरिएको छ । त्यसै गरि जनप्रतिनिधिहरुलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ ।